१९ करोड ४३ लाखको चेक सहित प’क्राउ, उजुरीपछी अनुसन्धान थाल्दा प्रहरीनै चकित।

काठमाडौं := मिटरब्याजी गणेश उप्रेतीलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले प’क्रा उ गरेको छ। मेलुङ-१ दोलखा घर भई हाल भैंसेपाटी बस्ने ३३ वर्षीय गणेश उप्रेतीलाई १९ करोड ४३ लाखको चेकसहित शुक्रबार सी आईबीको टोलीले प’क्रा उ गरेको हो । सीआईबी टोलीले उप्रेतीलाई काठमाडौंको चावहिल मित्रपार्कस्थित पशुपति कलेज नजिकै रहेको गाडीको रिकण्डिसन शोरुमबाट शुक्रबार राति १० बजे प’क्रा उ गरिएको सीआईबीले जनाएको छ ।

उप्रेती मिटरब्याजमा लगाएर ऋणीलाई ज्या’न मा’र्ने ध’म्की दिने, ब’न्ध’क बनाउने, वैदेशिक रोजगारीमा पठाइ दिने भन्दै महङ्गो पैसा असुल्ने लगायतको ध’न्दामा संग्लन भएको सीआईबी स्रोतले जनाएको छ । उप्रेती माथि अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धान अघि बढाइने सीआईबीका डीआईजी धीरजप्रताप सिंहले जानकारी दिए । उप्रेतीले १ करोडको एक दिनको १ लाख रुपैयाँसम्म उठाउने गरी मिटरब्याजको ध’न्दा चलाउने गरेको बताइएको छ ।

सीआईबीका अनुसार उप्रेतीबाट दुई जनाले गत चैतमा ४ करोड १९ लाख रुपैयाँ लिएका थिए तर ऋणीलाई ध’म्क्या’एर उनले ८ करोड ३० लाखको चेक लिए।उप्रेतीले दोलखा मेलुङ घर भई भक्तपुर (ठिमी) बस्ने ४० वर्षीय प्रकाश कार्कीलाई २ करोड ६५ लाख रुपैयाँ ऋ’ण दिएका थिए । त्यसबापत १ करोडको प्रतिमहिना १५ लाख ब्याज तोकेका थिए । तर, कार्कीलाई उनले राष्ट्र्रिय वाणिज्य बैंकको ४ करोड १६ लाख रुपैयाँको चेक का’ट्न लगाए ।

यसैगरी रामेछाप गोकुलगंगा घर भई कोटेश्वर बस्ने ६० वर्षका हेमराज गुभाजूलाई उप्रेतीले १ करोड ५४ लाख रुपैयाँ दिएका थिए। ऋण दिँदा महिनाको १ करोडको १५ लाख रुपैयाँ ब्याज तोकिएको थियो तर गुभाजूबाट चेक भने ४ करोड १४ लाखको लिए। उप्रेती ले यस प्रकारका ठ’गी धुप्रै गरेको र अनुसन्धान भइरहेको सीआईबी स्रोतले जनाएको छ । डीआईजी सिंहले उप्रेतीबाट अरू पनि पी’डित भएको हुन सक्ने भन्दै उजुरी दिन आग्रह गरेका छन् ।