कोभिड १९ को लक्षण देखा परेपछी गत जुन ३० तारिख मलेसियाको HKl हस्पिटलमा उपचारको लागि भर्ना भएका सुदूरपश्चिम प्रदेस दार्चुलाका जनक बहादुर बम को गत जुलाइ १५ तारिख उपचारका क्रममा मृत्यु भएको थियो ।
HKL हस्पिटलमा बिहान ६ बजे आफन्त हरुले सव जिम्मा लिएर Hindu Crematorium Serendah मा हिन्दु परम्परा अनुसार आज दाहसंस्कार गरिएको बिकास कुसलले जानकारी दिए।
मृत जनक बहादुर गैरआवासिय नेपाली संघ मलेसिया का केन्द्रिय सदस्य , नेपाली काङ्ग्रेस जनसम्पर्क समिती मलेसिया को कोषअध्यक्ष र सुदूरपश्चिमेलि समाज मलेसियामा आबद्ध थिए।
जानकारी अनुसार नेपाली जनसम्पर्क समिती मलेसियाले पनि मृतक जनक बम प्रति समवेदना प्रकट गर्दै श्रद्धान्जलीपत्र जारी गरिसक्नु भएको छ। साथै सुदुरपश्चिमेली नेपाली समाज मलेसिया लगायतको संस्थाले समेत मृतक प्रती समवेदना प्रकट गर्नु भएको छ।





















