उत्तर कोरियाले ‘ओप्पा’ भन्नेलाई र दक्षिणको फेसन हेयर स्टाइल सिको गर्नेलाई कडा सजाय।

एजेन्सी := उत्तर कोरियाले दक्षिण कोरियाको फेसन, हेयर स्टाइल, त्यहाँको के–पप संस्कार र विदेशी चलचित्रहरुको सिडी राख्नेलाई कडा स’जाय हुने पुनः बताएको छ । उत्तर कोरियाको सरकारी पत्रिका रोदोङ सिनमुनमा दक्षिण कोरियाली सँस्कृती पछ्याउने र विदेशी सँस्कृती सिको गर्न खोज्नेलाई कडा सजाय हुने अथवा उनीहरुलाई मृ,त्यु द’ण्ड नै हुनसक्ने उल्लेख गरिएको छ।

पत्रिकाको लेखमा भनिएको छ, ‘पूँजीपति वर्गको विचार र सँस्कृती ब’न्दु’क भएका दु’श्मन भन्दा बढी ख’तरनाक हुन्छ।’ दक्षिण कोरियामा श्रीमान र प्रेमीलाई सम्बोधन गर्ने शब्द ‘ओप्पा’ पनि उत्तर कोरियाले प्रतिब’न्ध लगाएको छ। उत्तर कोरियामा ओप्पा भने को ‘ठूल्दाई’ हो। यस्ता शब्दले उत्तरको सँस्कृती ध’रापमा पर्ने पत्रिकाले बताएको छ।

दक्षिण कोरियाको के–पप संस्कार विश्वभर प्रचलित छ। तर उत्तर कोरियाले के–पपलाई क्या’न्सरको संज्ञा दिएको छ। के–पपले उत्तर कोरियाली युवा बिगार्ने चिन्ता व्यक्त गरिएको छ। उत्तर कोरियाले दक्षिण कोरियाको फेसन, हेयर स्टाइल, त्यहाँको के–पप संस्कार र विदेशी चलचित्रहरुको सिडी राख्नेलाई कडा सजा’य हुने जनाएको छ । बीबीसी