प्रधानमन्त्री देउवाले आजै विश्वासको मत लिने।

काठमाडौं:= प्रधानमन्त्री शेरवहादुर देउवाले आजै विश्वासको मत लिने  हुनु भएको छ ।प्रधानमन्त्री देउवाले बिश्वासको मत लिने गरि संघीय संसद सचिवालयमा प्रस्ताव दर्ता भएको छ ।आजै बस्ने दोश्रो बैठकमा प्रधानमन्त्रीले संविधान बमोजिम विश्वासको मत लिने संसद सचिवालयले जनाएको छ ।

पुनःस्थापित प्रतिनिधिसभाको पहिलो बैठकमै विश्वासको मत लिन लाग्नु भएको हो । सभामुख अग्निप्रसाद सापकाेटाले कार्यव्यवस्था परामर्श समितिको बैठक समेत बोलाउनु भएको छ । देउवालाई विश्वासका मतका लागि प्रतिनिधिसभामा तत्काल कायम रहेको २ सय ७१ सांसदमध्ये १ सय ३६ जनाको समर्थन चाहिन्छ ।

यसै बीच नेकपा (एमाले)को माधवकुमार नेपाल समूह आन्तरिक छलफ‍लमा जुटेको छ । प्रधानमन्त्री  देउवाले विश्वासको मत लिने तयारी गरिरहेका बेला एमालेको माधव समूह आन्तरिक छलफलमा जुटेको हो ।

पुनर्जीवित संसदमा कांग्रेस र माओवादीसँग १ सय १० सांसद छन् । जसपाको उपेन्द्र यादव पक्षका १२ जनाले देउवाको पक्षमा हस्ताक्षर गरेका थिए । अहिले यो संख्या बढेर १७ पुगेको यादव पक्षले जनाएको छ । त्यसो हुँदा प्रस्तावको पक्षमा १२७ सांसद हुन्छन् । प्रधानमन्त्री देउवालाई बिश्वासको मत प्राप्त हुन एमाले नेपाल पक्षको साथ हुनु पर्दछ ।