एमाले सांसदलाई नेता खनालको आग्रह: अलमलमा नपरी प्रधानमन्त्रीलाई विश्वासको मत दिनू (वक्तव्य)

काठमाडौं:= नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री  झलनाथ खनालले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिन एमाले सांसदहरुलाई आह्वान गर्नुभएको छ ।

भारतको नयाँदिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत नेता खनालले आइतबार विज्ञप्ति जारी गर्दै यस्तो आह्वान गर्नुभएको हो । नेता खनालले एमाले संसदीय दलका सबै सदस्यहरूलाई ‘कुनै अलमल र आक्रोशबाट प्रभावित नभइकन’ देउवा सरकारलाई विश्वासको मत दिन आग्रहसमेत गर्नुभएको छ ।

वरिष्ठ नेता खनालले सर्वोच्च अदालतको फैसलापछि लोकतान्त्रिक आन्दोलनका सहयोद्धा देउवाको नेतृत्वमा सरकार बनेको भन्दै यो सरकार दुई वर्षसम्म निर्वाध चल्नुपर्ने समेत बताउनु भएको छ ।

आइतबारको प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिने हुनु भएको छ । नेकपा एमालेको २६ सांसदसमेत १४९ सांसदको समर्थनमा सर्वोच्च अदालतको आदेशपछि देउवालाई राष्ट्रपति विद्यादेवी भण्डारीले नियुक्त गर्नुभएको थियो ।

हेर्नुहोस् वक्तव्य