एउटै तीज गीतमा आठ गायिकाको स्वर।

काठमाडौं:= गायक खुमन अधिकारीले आठजना गायिकालाई लिएर नयाँ तीज गीत सार्वजनिक गर्नुभएको छ । ‘कुरा काटन’ गीतमा गायक अधिकारीकै संगीत रहेको छ भने देवी घर्ती, शान्ति श्री परियार, शिला आले, सम्झना भण्डारी, पूणर्कला विसी, जुना, सरिता कार्की र सुनिता बुढा क्षेत्रीले स्वर दिनुभएको छ । गीतमा दुर्गा पौडेलको शब्द छ ।

शंकर विसीको निर्देशन रहेको भिडियोमा अग्रज र नयाँ पुस्ताका मोडल प्रस्तुत छन् । भिडियोमा विसीसँगै सम्झना बुढाथोकी, विनोद बुढाथोकी, रञ्जिता गुरुङ, सिवन पोखरेल, अञ्जु निरौला, कृष्ण रसाईली, पूर्णिमा श्रेष्ठ, महेन्द्र गौतम, सारिका केसी, विमल अधिकारी, अञ्जलि अधिकारी ओवी रायमाझी, दिपासा विसी र करिश्मा ढकालको नृत्य छ ।