बेजिंग:= कोभिड-१९ महामारी नियन्त्रण लिएसँगै चीनको कूल गार्हस्थ उत्पादनमा वृद्धि भएको छ । चीनको सन् २०२१ को दोस्रो चौथाइमा जिडिपीमा ७.९ प्रतिशतले वृद्धि भएको हो ।
कोरोना भाइरस महामारीलाई नियन्त्रणमा लिएपछि घरेलु खपतमा भएको वृद्धि र उत्पादनको गतिविधिमा बढेपछि जिडिपीको आकार बढेको हो । यो वृद्धिलाई चीनको अर्थतन्त्र महामारी अगाडिकै तहमा फर्किएको र अर्थतन्त्रमा सुधार भएको रूपमा हेरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थमा भएको मूल्यवृद्धि र आपूर्तिमा भएको गिरावट भएपछि दोस्रो क्वार्टरमा चीनको अर्थतन्त्रमा थप दबाब पर्ने अनुमान छ । यो वर्षको सुरुवाती ६ महिनामा चीनको जिडिपी १२.७ प्रतिशतले वृद्धि भएको थियो । सन् १९९३ देखि तथ्यांक संकलन कार्य सुरु भएपछि चीनको अर्थतन्त्रको आकार १८.३ प्रतिशतले वृद्धि भएको यो पहिलो पटक हो ।




















