सगरमाथा अन्तर्राष्ट्रिय करातेमा नेपाल टिम पहिलो।

काठमाडौं:= नेपाल सितोरियो कराते संघको वार्षिक कार्यक्रमअनुसार शाखा डोजो नक्सालको वार्षिक उत्सवका अवसरमा आयोजना गरेको सातौं सगरमाथा अन्तर्राष्ट्रिय कराते प्रतियोगिता सम्पन्न भएको छ । उक्त प्रतियोगितामा विष्णुदेवी डोजो नेपाल टिम प्रथम भयो भने भारत टिम दोस्रो र बेलौरी नगरपालिका कन्चनपुर बेस्ट फेयर प्ले टिम र लालझाडी गाउँपालिका कञ्चनपुर उत्कृष्ट अनुशासित टिम घोषित भयो ।

पुरुषतर्फ भारतका प्रत्युस सिंह र महिलातर्फ नक्साल डोजो नेपालकी रश्मिता श्रेष्ठ उत्कृष्ट खेलाडी घोषित हुनुभयो । यस्तै उदयीमान खेलाडीको उपाधि आयोजक नेपालकी दिलाशा श्रेष्ठले हात पार्नुभयो । उक्त प्रतियोगितामा पुरुषतर्फको ३५ किलो तौलसमूहमा सन्देश तामाङ प्रथम, रोजन अधिकारी दोस्रो, प्रसन्न दाहाल र वीरेन्द्र बोहोरा तेस्रो हुनुभयो ।

पुरुषतर्फकै ४० किलो तौलसमूहमा भारतका प्रत्युस सिंह प्रथम, कुस्विन आले दोस्रो, अंकित हुमागाई र दिप राना मगर तृतीय हुनुभयो । यस्तै ४५ किलो तौलसमूहमा सुवास परियार प्रथम, राजेन्द्र पाख्रिन दोस्रो, पाल्दे स्याङ्वो तेस्रो हुनुभयो ।

५० किलो तौलसमूहमा विवेन्द्र तामाङ प्रथम, धनबहादुर सुनार दोस्रो र सुदिप बलामी तेस्रो हुनुभयो । ५५ किलो तौलसमूहमा सुविन खत्री प्रथम, विप्लव खड्का दोस्रो, गणेश चौधरी तेस्रो हुनुभयो । त्यसैगरी ६० किलो तौलसमूहमा सत्यनारायण मौर्या प्रथम, जुनकुमार थामी दोस्रो, किरन चन्दर प्रकाश तिरुवा तेस्रो हुनुभयो ।

विजेता खेलाडीहरूलाई प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषदका सदस्य–सचिव रमेशकुमार सिलवाल, राष्ट्रिय खेलकुद परिषद्का सदस्य पुरेन्द्रविक्रम लाखे, महेशकुमार श्रेष्ठ, अन्तर्राष्ट्रिय निर्णायक राजेन्द्र कपाली, अन्तर्राष्ट्रिय निर्णायक महेश रञ्जित, ओलम्पियन दीपक विष्ट, सोतोकान करातेका अध्यक्ष निवाशगोपाल वैद्य, आयोजकका अध्यक्ष गजेन्द्रबहादुर खपांगीलगायतले सम्मान गर्नुभएको थियो ।

असार २६ देखि सञ्चालन भएको उक्त प्रतियोगिताको उद्घाटन पूर्व वाणिज्य तथा आपूर्ति मन्त्री एवं नेकपा ( माओवादी केन्द्र) का केन्द्रीय सदस्य गणेशमान पुनले गर्नुभएको थियो । करिब तीन सयजना खेलाडी सहभागी भएको उक्त प्रतियोगिता विशेष स्वास्थ्य सावधानी अपनाउँदै एकपटकमा २५ जनाभन्दा कम सहभागी गरी पटक–पटक प्रतिस्पर्धा गराइएको थियो । तीन दिनसम्म भएको उक्त प्रतियोगिता टिटी कभर्ड हल लैनचौरमा सञ्चालन भएको थियो ।