एजेन्सी (मुम्बई) := तमिल फिल्मका सुपरस्टार थलापति विजयमाथि मद्रास उच्च अदालतले ट्याक्स नतिरेको आरोममा १ लाख रुपैयाँ जरिवाना गरेको छ । अदालतले विजयलाई यो जरिवाना उहाँको बिलासी आयातित कार रोल्स रोयस घोष्टको इन्ट्री ट्याक्स नतिरेको आरोपमा लिएको हो ।
अदालतले विजयका लागि तोकिएको रकम तमिलनाडु मुख्यमन्त्री कोभिड रिलिफ फण्डमा जम्मा गरिने जनाएको छ । मद्रास उच्च अदालतका न्यायाधीश एसएम सुब्रमण्यमले विजयमाथि यो आदेश दिनुभएको हो । विजयको तर्फबाट उहाँको फ्यान ग्रुपले अदातललाई खारेज गरेको छ । ‘ती फ्यान जो यस्ता अभिनेतालाई रियल लाइफ हिरोको रूपमा हेर्छन् । यस्ता अभिनेता तमिलनाडु जस्तो राज्यमा शासक बनेका छन् । फिल्ममा काम गर्ने हिरोबाट कर छलीको आशा गर्न सकिन्न, किनकी यो व्यवहार राष्ट्रविरोधी र असंवैधानिक हो’, आदेशमा भनिएको छ ।
न्यायधिस सुब्रमण्यमले विजयले आफूलाई फिल्ममा समाजमा सामाजिक न्याय ल्याउने च्याम्पियनका रूपमा देखाउने गरेको देखाउने भए पनि वास्तविक जीवनमा उनी आफैं कर छलीमा लाग्नु अमान्य रहेको उल्लेख गर्नुभएको छ । अदालतले अभिनेता विजयलाई आफूले तिर्नुपर्ने कर करविभागलाई दुई साताभित्र तिर्न आदेश दिएको छ । विजयले आफ्नो कारको मूल्यको २० प्रतिशत आयातित कर तिर्नुपर्नेछ ।




















