रजिनीकान्तद्वारा राजनीतिबाट सन्यास।

मुम्बई:= भारतीय अभिनेता रजिनीकान्तले राजनीतिबाट सन्यास लिनुभएको छ । उहाँले सोमबार ‘रजिनी मक्कल मंद्रम’ पार्टी परित्याग गर्नुभएको हो साथै पार्टीका पदाधिकारीसँग बोल्दै भविष्यमा राजनीतिमा नफर्कने योजना रहेको समेत बताउनुभएको छ ।

राजनीतिक पार्टी ‘रजिनी मक्कल मंद्रम’को नाम परिवर्तन भएर अब ‘रजिनीकान्त फ्यान क्लब एसोसिएसन’ हुनेछ । जसले जनताको सेवाका लागि काम गर्नेछ । आफ्नो स्वास्थ्य अवस्था खराब हुँदा राजनीतिमा आएर विरता देखाउन नसक्ने उनले ट्विटरमार्फत जानकारी दिनुभएको छ । साथै यो कदम उहाँले सबैसँग माफीसमेत माग्नुभएको छ ।

केही दिनअघिमात्रै रजिनीकान्त अमेरिकामा स्वास्थ्य परीक्षण गरेर स्वदेश फर्किनुभएको थियो । उहाँले सन् २०१६ मा अमेरिकामै मृगौला प्रत्यारोपण गराउनुभएको थियो । त्यसैले उहाँ हरेक वर्ष नियमित चेकजाँचका लागि अमेरिका जाने गर्नुहुन्छ ।