तीन लघु चलचित्रलाई ५ लाख निर्माण पुरस्कार।

काठमाडौं:= ‘मुना’, ‘एलेक्सिया’ र ‘विण्ड हर्स’ नामक तीन लघु चलचित्रका कथाले निर्माणका लागि पाँच–पाँच लाख पाएका छन् । उहाँँहरूले ‘लघु चलचित्र निर्माण पुरस्कार’को रूपमा शो रकम पाएका हुन् । विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सको आयोजनामा भएको कार्यशालाका सहभागी उनीहरूलाई आयोजक समूहले निर्माणका लागि उक्त रकम प्रदान गर्ने भएको हो ।

पुरस्कार पाउने चलचित्र मेकरमा ‘मुना’बाट शान्ता नेपाली, ‘एलेक्सिया’बाट ज्योत्सना सिंह ठकुरी र ‘विण्ड हर्स’बाट सुनिल गुरुङ रहनु भएको छ । सबै फिल्ममेकरले वर्ष २०२१ को अन्त्यसम्म फिल्म बनाउनुपर्ने बताइएको छ । उहाँँहरूलाई १५ मिनेटको फिक्सन फिल्म निर्माणका लागि आर्थिक सहयोग गरिएको हो ।

विराटनगरस्थित नर्थ साउथ कलेक्टिभ्सले ‘गोग्राह फिल्म कार्यशाला’को विगत दुई वर्षदेखि सञ्चालन हुँदै आएको छ । यसअघि विराटनगर फिल्म कार्यशालाका नाममा गरिँदै आएको कार्यशाला यो वर्षबाट गोग्राह नामबाट हुन थालेका हो । कार्यशाला निर्देशक÷लेखक दीपक रौनियार, अभिनेत्री÷लेखक आशा मगराती, भास्कर गौतमले सुरु गर्नुभएको हो ।

सन् २०१९ मा विराटनगरमा एकहप्ते आवासीय फिल्म कार्यशालाबाट आरम्भ गरिएको यो २०२०/२१ को वर्कसप ८ हप्ते लेखन कार्यशाला, १२ हप्ते निर्देशन कार्यशाला र अन्तिम चरणमा तीन उत्कृष्ट स्कृप्टलाई ५, ५ लाखको पुरस्कार प्रदान गरी निर्माण गर्न सघाउने गरी तीन भागमा बाँडिएको थियो । सन् २०२०/२१ को फिल्म कार्यशालाका लागि झण्डै दुई सय व्यक्तिले निवदेन दिएकोमा १२ सहभागी भएका थिए । ती १२ मध्ये तीन फिल्म बनाउन पाँच÷पाँच लाख रुपैयाँ निर्माण पुरस्कार पाएका हुन् ।