ज्वाला संग्रौलासहित चारजना २३ दिन प्रहरीको हिरासतमा बसेर छुटे।

काठमाडौं := आफूलाई सामाजिक अभियन्ता बताउने चार जना २३ दिन हिरा’सत बसाइपछि रिहा भएका छन्। जिल्ला अदालत काठमाडौंले मंगलबार उनीहरुलाई धरौटीमा रि’हा गर्न आदेश दिएको हो। न्यायाधीश ओमप्रसाद अर्यालको इजला सले ज्वाला भनिने टीका संग्रौला, शर्मिला वाइवा भनिने शर्मिला राई, यमबहादुर खड्का र हिमाल प्रसाद उपाध्यायलाई कुनै मु’द्दामा धरौटी र कुनैमा साधारण तारेखमा रिहा गर्न आदेश दिएको हो।

उनीहरू वि’रुद्ध जिल्ला अदालतमा जातीय तथा सामाजिक वि’भेद सम्बन्धी कसुर, अभद्र व्यवहार र लिखत सम्बन्धी कसुरमा मुद्दा दर्ता भएको थियो। यस्तै, ट्राफिक प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत प्रहरी सहायक निरीक्षक मणिकान्त झामाथि असार ६ गते जाती य तथा सामाजिक वि’भेद गरेको अभियोग छ। यो कसुरमा तीन वर्षसम्म कै’द वा तीस हजार रुपैयाँसम्म जरिबाना वा दुवै स’जाय हुनेछ कानुनी व्यवस्था छ।

ज्वाला र उनका पति हिमाल वि’रुद्ध प्रहरीले कीर्तेमा पनि मु’द्दा चलाएको थियो। सरकारी कागजात कीर्ते गरेको अभियोग छ। कीर्ते क’सुरमा ज्वालालाई साधारण तारेख र हिमाललाई एक लाख ध’रौटी माग भएको जिल्ला अदालतले जनाएको छ। उनीहरुले नाता प्रमाणित, अविवाहिताको प्रमाणपत्र, जन्मदर्ता लगायतका कागजात कीर्ते गरेको अनुसन्धानमा देखिएको छ। अ’भ’द्र व्यहारको मु’द्दामा जिल्ला प्रशासन कार्यालय काठमाडौंले तीन जनालाई जनही १० हजार रुपैयाँ धरौटी माग गरेको थियो । खड्का भने यो कसुरमा संलग्न थिएनन्।