सर्वोच्चको आदेशको सम्मान र स्वागत गर्दछु: योगेश भट्टराई।

काठमाडौं:= नेकपा एमालेका सचिव योगेश भट्टराईले प्रतिनिधिसभाको पुनः स्थापनाको लागि दिएको आदेशको स्वागत गर्नुभएको छ ।

सोमबार सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुर्स्थापित गरेसँगै फेसबुकमार्फत नेता भट्टराईले यस्तो प्रतिक्रिया दिनु भएको हो ।

नेता भट्टराईले नेकपा एमालेको एकतालाई जोगाउन एमालेका नेता र कार्यकर्तामा संयम र धैर्यताका साथ अघि बढ्न आह्वान समेत गर्दैे आइतबार भएको १० बुँदे सहमति ईमन्दारिताका साथ कार्यान्वयन हुने विश्वास व्यक्त गर्नु भएको छ ।

उहाँले लेख्नुभएको छ, ‘सर्वोच्च अदालतको संवैधानिक बेञ्चद्वारा प्रतिनिधिसभाको पुनर्स्थापना गर्ने गरी गरेको आदेशको सम्मान र स्वागत गर्दछु ।’ भट्टराईले लेख्नुभएको छ्,‘बदलिएको परिस्थितिमा प्रतिनिधिसभाको बाँकी कार्यकालको सुनिश्चितता सहित नेकपा एमालेको एकतालाई जोगाउन एमालेका समस्त नेता र कार्यकर्ता कमरेडहरुमा संयम र धैर्यताकासाथ अघि बढ्न आह्वान गर्दछु।’

सर्वोच्च अदालतले दोस्रो पटक विघटन भएको प्रतिनिधिसभा पुर्स्थापित गरेको हो ।