राष्ट्रपति पदिय हैसियतबाट गिरेकाले सर्वोच्चले पाठ सिकाई दियो: वरिष्ठअधिवक्ता थापा।

काठमाडौं:= वरिष्ठ अधिवक्ता शम्भु थापाले संविधानले व्यवस्था गरे अनुसार दायित्व पुरा नगर्ने राष्ट्रपति पदिय हैसियतबाट गिरेकाले त्यो कुरा सर्वोच्चले सिकाईदिएको प्रतिक्रिया दिनुभएको छ ।

सोमबार सर्वोच्चले प्रतिनिधिसभा दोस्रो पटक पुनस्थापना गरिदिए पछि उहाँले यस्तो प्रतिक्रिया दिनु भएको हो ।त्यसैले सर्वोच्चले संविधानको रक्षा गर्दै त्यही विन्दुबाट २ दिन भित्र प्रधानमन्त्री नियुक्त गर भनी परमादेश गरेको उहाँले बताउनुभयो । उहाँले शेरबहादुर देउवाको प्रस्ताव संविधानको बलमा रहेको र वर्तमान प्रधानमन्त्री संविधानको बलमा नरहेको टिप्पणी पनि गर्नुभयो ।

अधिवक्ता सन्तोष भण्डारीले सर्वोच्च अदालतको आदेश ऐतिहासिक भएको बताउनुभयो । संसद पुनस्थापना संगै १ सय ४६ जनाको हस्ताक्षर सहित आएको रिट निवेदनमा परमादेश जारी गरिने विषय नेपालको न्यायपालिकालाई विश्व इतिहासले सम्झने गरि आएको टिप्पणी उहाँले गर्नुभयो ।

सर्वोच्चको १६७ पेजको फैसला आएको छ ।