अमेरिकाको उपचार सकेर भारतमा रजनीकान्त।

मुम्वई:= अभिनेता रजनीकान्त अमेरिकामा स्वास्थ्य परीक्षण गरेर भारत फर्किनु भएको छ । उहाँ ९ जुलाईमा स्वदेश फर्किनु भएको हो । उहालाई स्वागत गर्न चेन्नई एयरपोर्टमा फ्यानको भप्ड लागेको थियो । रजनीकान्तका साथ श्रीमती लता पनि अमेरिका जानु भएको थियो ।

रजनीकान्त हरेक वर्ष नियमित स्वास्थ्य चेकअपका लागि अमेरिका जाने गर्नुहुन्छ । यस पटक उहाँ १८ जुनमा अमेरिका उड्नु भएको थियो । उहाँ स्वास्थ्य परीक्षणका लागि केही अगाडि नै अमेरिका उड्नुपर्ने थियो । कोरोना कहरका कारण गरिएको लकडाउन र फिल्म सुटिङले जान सक्नुभएको थिएन। रजनीकान्तले २०१६ मा अमेरिकामै मृगौला प्रत्यारोपण गराउनु भएको थियो ।

रजनीकान्त पछिल्लो समय चलचित्र ‘अन्नथे’ को काममा व्यस्त हुनुहुन्छ । चलचित्रको १५ दिनको सुटिङ बाँकी छ । डाक्टरले उहाँलाई तत्कालै सुटिङ नगर्न सल्लाह दिएको भारतीय मिडियाले जनाएका छन् । चलचित्र ‘अन्नथे’ मा रजनीकान्तको अलवा कीर्ति सुरेश, मीना, खुशबु, प्रकाश राज र सुरीको मुख्य भूमिका रहनेछ ।