एजेन्सी := के-पप अर्थात् कोरियन पप ब्यान्ड ‘बिटिएस’ ले नयाँ रेकर्ड बनाएको छ । हालै रिलिज भएको नयाँ गीतको भिडियो ‘परमिसन टु डान्स’ले नयाँ रेकर्ड कायम गरेको हो । जुलाई ९ मा रिलिज भएको उक्त गीतको भिडियोले तीन दिनमा अर्थात् जुलाई ११ भित्र युट्युबमा १ सय मिलियनभन्दा धेरै भ्युज पाइसकेको छ । नेपालमा पनि यो भिडियो युट्युबमा छ ।
यो उक्त टिमको ३५औं पूर्ण ग्रुपअ म्युजिक भिडियो हो । यसअघिका उहाहरुको गीतको भिडियो बटरले पनि ३/४ वटा रेकर्ड कायम गर्न सफल भएको छ । ‘परमिसन टु डान्स’ गीतको शब्द लेखन गायक एडी शिरनले स्टिव म्याक, जोनी म्याकडेड र जेन्ना एन्ड्रयुजको सहकार्यमा भएको हो । उनीहरुले बिटिएसको अघिल्ला गीतहरु डायनामाइट र बटरमा पनि काम गर्नुभएको थियो ।
यस गीतमा सेप्टेटले महामारीको अन्त्यको कल्पना गर्छन् । यसअघि गायक शिरनले ‘मेक इट राइट’ मा पनि बीटीएससँग सहकार्य गर्नुभएको थियो । सातजना युवा गायकहरुको यस ब्याण्डका प्रशंसकसँग विश्वभरै छरिएका छन् ।




















