काठमाडौं:= अभिनेत्री आँचल शर्माले आफ्ना प्रशंसकलाई गलत समाचारबाट टाढै रहन आग्रह गर्नुभएको छ । सामाजिक सञ्जालमा उहाँ गर्भवती भएको भन्ने समाचारको खण्डन गर्दै समाचार गलत भएको बताउनुभएको थियो । आँचलले यस्ता गलत समाचारलाई विश्वास नगर्न आग्रह गर्नुभएको हो ।
आँचलले उक्त गलत समाचारको स्क्रिन सर्ट र टिकटकमा आएको गलत खबर पोष्ट गर्दै गलत भएको बताउनुभएको छ । आँचलले लेख्नुभएको छ, ‘पछिल्लो समय म गर्भवती भएको भन्ने समाचारहरु फैलिरहेको छ । गलत समाचारले क्षणिक रूपमा प्रचार त पाउँछ तर अन्त्यमा यो गलत सावित नै हुन्छ । म यहाँमार्फत मेरा प्रशंसकका लागि भए पनि यो खुशीको खबरका लागि अझै केही वर्ष कुर्नुपर्ने जानकारी गराउँन चाहन्छु।’ साथै उहाँले यो खुशीको खबर आफ्ना प्रशंसकहरुलाई उहा आफैंले पहिला सुनाउने बताउनु भएको छ ।





















