एजेन्सी:= लेटिन अमेरिकाको सबैभन्दा ठूलो फुटबल प्रतियागिता कोपा अमेरिकाको उपाधिका लागि अहिले ब्राजिल र अर्जेन्टिना भिडिरहेका छन् ।
अहिले अर्जेन्टिनाले ब्राजिललाई एक गोल हानेको छ । एन्जेल डि मारियाले ब्राजिलविरुद्ध एक गोल गरेका हुन् । ब्राजिलका रेनान लोडीले राम्रोसँग बल ठम्याउन नसक्दा डि मारियाले डिबक्स भित्रबाट बललाई गोल पोस्टको दिशा दिए।




















