NRNA कोरियाको चुनाबि उम्मेद्बारी दर्ता समय सक्किनु ४ घण्टा नबित्दै ७० लाख ओन को बार्गेनिङ ।

गैर आवासिय नेपाली संघ दक्षिण कोरिया को ८ औं अधिबेशन को तयारी सङ्घारमा रहदा आगामी निर्बाचनको लागि आर्थिक लेनदेनको कुरा सार्वजनिक भएको छ ।

जुलाई ४ मा अधिबेशन सम्पन्न गरी जुलाई ५ र ६ तारीक उम्मेद्वारी दर्ता गरी १८ तारीख निर्बाचन गर्ने तय गरीरहेको गैर आवाशीय नेपाली संघ दक्षिण कोरिया भित्र आर्थिक लेनदेन का कुरा ले नयाँ अर्थात ८ औ कार्यकालको विवाद श्रीजना भएको छ ।

निर्बाचनमा उपाध्यक्षको लागि उम्मेद्बारी दिएको ४ घण्टा नबित्दै मध्य रातमा सहमती गरौ भन्दै एकोहोरो फोन गरी सियोल क्षेत्रमा रहेका २ प्रतीद्वन्दी ले उपाध्यक्ष का उम्मेद्वार मनोज गौतम लाई पछाडि हट्न दबाब दिदै निर्बिरोध अगाडी जानेभए धम्किको सैलिमा ७० लाख ओन को माग गरेको भन्दै उपाध्यक्ष प्रत्यासी उम्मेद्बार गौतमले सामाजिक संजाल फेस्बुक मा स्टाटस लेखेका छ्न ।

मित्रहरुले आफ्नो असली अनुहार देखाऊने रहेछन ।
तिमिहरुलाई ७० लाख ओन दिनु भन्दा मजदुरको लागी आपतकालीन राहत कोषमा जम्मा गरि मेरो उम्मेद्वारी फिर्ता लिएर अरु सामान्य मजदुर जस्तै सोची दोंदेमुनमा मा रहि हालीमुहाली गरेको र तिमिहरुको कोरियाको सपना र भबिष्यनै अन्त्य गरिदिने म संग खुबी छ । म संग तैले प्रत्यासी पद को लागी पैसा माग्नु भनेको हजारौ कोरीया बासी नेपालीको मुद्दा माथी प्रहार हो याद राख मैले तिमिहरुको कर्तुत बाहिर ल्याउनु पुर्ब केही कानुनी बाटो रोजदैछु। त्योभन्दा पहिले गल्ती लाई गल्ती स्वीकार्दै म संग लीखित माफि माग नत्र तेरो सम्पुर्ण रेकर्ड बाहिर ल्याई कानुनी बाटो अपनाउनुको साथै तेरो कोरीयाको सम्पुरण गतिबिधीमा मा गहिरो चोट पुर्याउने छु ।
स्टाटस जस्ताको तस्तै

आफू सङ प्रमाण रहेको र आबस्यक परे सार्वजनिक समेत गर्ने बताउदै गलत पात्र र प्रवृत्तिलाई NRNA कोरिया भित्र ल्याउनु सबै कोरिया बासी श्रमिकहरुमाथी कुठाराघात गर्नु सरह रहेको बताउदै कोरिया बासी सबैले सक्षम र इमानदार र श्रमिकमैत्री नेतृत्व लाई बिजय गराउछ भन्ने मा आफु आस्वस्त रहेको बताए ।

गौतम नेपाली मुलका केरीयन नागरीक हुन भने उहाले लामो समयदेखी नेपालीको बिभिन्न समस्यामा साथ दिदै आउनु भएको छ । सनिबार आईतबार ब्यापारमा ब्यस्त भएपनी सोमबार देखी सुक्रबार सम्म दुख समस्या र अप्ठ्यारोमा परेका नेपालीको सहयोग उद्दार र समस्य समाधानमै ब्यस्त हुनुहुन्छ। उहा सामाजीक संजाल बाटै भन्नु हुन्छ ।” म जस्तो शक्षम निडर र कानुन सम्बन्धी जानकार ब्याक्ती लाई त यस्तो धम्की सैलीमा आथिक डिमाण्ड गर्छन भने अन्य सोझा साझा नेपाली दाजुभाई कती पिडित होलान? कती ठगिएका होलान त्यसैले यस्ता समाजका किरा भाईरस हरुलाई समयमानै पहिचान गरी सामाजीक बहिस्कार गर्नु अनिबार्य आवश्यक रहेको सामाजिक संजाल मार्फत जानकारी गर्नु हुन्छ।

उहाले ति २ प्रतिद्वन्दिलाई लिखित रुपमा आफुले गरेको गल्तीलाई गल्ती स्विकार्दै माफीमागे एकपटकलाई माफगरिदिने नत्र सम्पुर्ण अडियो रेकर्ड बाहिर ल्याउनुको साथै आर्थिक ठगि voicefishing मा केश दर्ता सम्म गरिदीने सामाजिक संजाल बाटै जानकारी गराउनु भएको छ ।