विश्वभर ३ अर्ब २५ करोड ८५ लाख ७२ हजार ८९२ डोज कोरोनाविरुद्ध खोप लगाइयो।

बाल्टिमोर, मेरील्याण्ड  (एएफपी):= विश्वभर तीन अर्ब २५ करोड ८४ लाख ५९४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्याङ्हरु यस प्रकार रहेका छन् ।

चीनमा एक अर्व ३१ करोड ८४ लाख १७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ  । भारतमा ३६ करोड १३ लाख २३ हजार ५४८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । अमेरिकामा  ३३ करोड २ लाख १४ हजार ७३२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । ब्राजिलमा दश करोड १३ लाख ९४ हजार ६५० डोज कोरोना भाइरसविरुद्ध लगाइएको छ।

बेलायतमा सात करोड ९९ लाख ७० हजार २ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जर्मनी सात करोड ७८ लाख ८२ हजार ४१४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ ।  फ्रान्समा  पाँच करोड ७२ लाख ६९ हजार १५८ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । इटाली पाँच करोड ६१  लाख  ५६ हजार १०८ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।

टर्कीमा पाँच करोड ४६ लाख ५६ हजार १५ डोज कोरोना भाइरसविरुद्ध खोप लगाइएको छ । जापान पाँच करोड ८  लाख ७० हजार ९६३ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।