काठमाडौं := लोक गायक प्रकाश सपूतले आफूले किनेको पहिलो कारको भिडियो ब्लग शेयर गर्दै खुशी साट्नुभएको छ । आफ्नो फेसबुकमा ‘गायक भएर पनि कार किन्न सकिन्छ है’ लेख्दै भिडियो सामग्री शेयर गर्नुभएको छ । जसमा आफ्नो सपरिवारसहित कार किन्न गएका र परिवारलाई कारमा सवार गराएको देखिन्छ।
प्रकाशले आफूलाई पहिलेदेखि नै गाडी किन्ने इच्छा भएको तर अहिले आएर पूरा भएको बताउनुभएको छ । प्रकाशले गाडी किनेको भने केही महिना भइसकेको छ अर्थात् कोरोनाको पहिलो निषेधाज्ञाको आसपासमै गाडी किनिसक्नुभएको थियो तर आफ्ना फ्यान तथा शुभचिन्तकलाई अहिले सामाजिक सञ्जालमार्फत जानकारी गराउनुभएको हो।
प्रकाशका ‘बोलमाया, चरर बरर, गलबन्दी, दोहोरी ब्याटल, मेरो पनि होइन र यो देश’ लगायत दर्जनौं गीत चर्चामा आएका गीत हुन् । जुन गीतबाटै प्रकाशले धरै आम्दानी गर्न सफल हुनुभएको थियो।





















