देशभक्ति गीत ‘सरकार चाहियो’ सार्वजनिक।

काठमाडौं := समसामयिक नेपालको परिस्थितिअनुसार लेखिएको देशभक्ति गीत ‘सरकार चाहियो’को म्युजिक भिडिओ सार्वजनिक गरिएको छ । गीतमा संगीतकार तथा गायक शिशिर योगीको शब्द संगीत समेटिएको छ भने सतिष चापागाईँले शब्द छ । गीतको संगीत संयोजन बीबी अनुरागीले र मिक्सिन माष्टरिङ श्याम श्वेत रसालीले गर्नुभएको हो । गीत प्रिज्मा रेकर्डिङमा गीत रेकर्ड भएको हो ।

गीतको भिडिओलाई सञ्चारकर्मी तथा निर्देशक रामजी ज्ञवालीले निर्देशन गर्नुभएको हो । ज्ञवालीले यसअघि ‘डार्क मुन, एक लभर, लक डाउन’लगायत झण्डै एक दर्जन सर्ट फिल्मको निर्देशन गरिसक्नु भएको छ । मिलन श्रेष्ठले सम्पादन गरेको म्युजिक भिडिओमा वरिष्ठ कलाकारहरू सुरवीर पण्डित र रश्मी भट्टराईसँगै कलाकार जिवी चिरनलगायतको अभिनय देख्न सकिन्छ । संकल्प भुजेल र अशोक थापाले खिचेको भिडिओलाई राम्रो इन्टरटेनमेन्टले निर्माण गरेको हो ।

भिडिओबारे निर्देशक ज्ञवाली भन्नुहुन्छ, ‘भिडिओ छायांकन गर्न र निर्माण गर्न निकै गाह्रो अवस्था थियो । तथापि देशको हालको अवस्थामा यो गीत सार्वजनिक गर्नुको अर्थ राम्रो जाने सोचअनुसार हतार हतारमा भिडिओ निर्माण गरेर सार्वजनिक गर्न बाध्य भएका हौं ।’ काभ्या थापाको मेकअप, नेप्लिज डायस्पोराको लगानीमा निर्माण भएको गीतको भिडिओमा राजेन्द्र मोक्तानको कलर ग्रेडिङ छ ।