एजेन्सी:= अर्जेन्टिना कोपा अमेरिका २०२१ को फाइनलमा प्रवेश गरेको छ । आज बिहान भएको दोस्रो सेमिफाइनलमा कोलम्बियालाई पेनाल्टीमार्फत पराजित गरेको हो ।
निर्धारित समयमा गोल १–१ गोल भएपछि खेल टाइब्रेकरमा गएको थियो । अर्जेन्टिनाका गोलरक्षक इमिलियानो मार्टिनेजले तीन पेनाल्टी बचाएपछि अर्जेन्टिनाले कोलम्वियालाई टाइब्रेकरमा ३–२ ले पराजित गर्दै फाइनलमा ब्राजिलसँगको भेट पक्का गरेको हो ।




















