गायक संजय चौधरीको नयाँ गीत ‘तुइ तनाउ’ को म्युजिक भिडियो सार्वजनिक (भिडियोसहित)

चितवन := नेपाली सांगीतिक क्षेत्रमा विगत एक दशकभन्दा लामो समयदेखि पाइला चालेर क्रियाशिल रहेका युवा सञ्‍चारकर्मी तथा गायक संजय चौधरीको चितवनीया थारु भाषाको नयाँ गीतको म्युजिक भिडियो युट्युबमा सार्वजनिक भएको छ।

गायक संजय चौधरीकै शब्द रहेको ‘तुइ तनाउ’ बोलको गीतको म्युजिक भिडियोमा देव महतो र अरिन चौधरीले अभिनय गरेका छन्। विक्रमको छायाँकन रहेको भिडियोलाई सुरज महतोले सम्पादन गरेका छन्। भिडियोको निर्देशन भने हीरा चौधरीले गरेका हुन्।

भिडियो हेर्न तलको लिङ्कमा क्लिक गर्नुहोस :