काठमाडौं:= नेपाल वायुसेवा निगमलाई पब्लिक कम्पनी बनाउन लागेको विरोधमा कर्मचारीद्वारा निगम कार्यालयमा तालाबन्दी गरेका छन्। नेपाल वायुसेवा निगमलाई निजिकरण गर्न लागिएको विरोधमा कर्मचारीले कार्यालयमा तालाबन्दी गरेका हुन् । सोमबार निगममा कार्यरत कर्मचारीका विभिन्न ट्रेड युनियनले तालाबन्दी गरेका छन् ।
वायुसेवा निगम सञ्चालक समितिले निगमलाई निजिकरण गर्न मन्त्रालयमा पत्र पठाएपछि निगमका कर्मचारी आन्दोलित भएका हुन् । निजिकरणको नाममा निगमलाई निमिट्यान्न पार्नका लागि र हवाई माफियाको इशारामा निजिकरण गर्न लागिएकोले यसैको विरोधमा आन्दोलन गर्नुपरेको नेपाल वायुसेवा निगम कर्मचारी संघका महासचिव नेत्रराज राउतले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘प्रहरी प्रशासन लागाएर खोल्ने उद्ध भएको छ यो कति दिन सम्भव छ थाहा छैन । शरीरमा दुइ थोपा रगत शरीरमा रहेसम्म लड्ने र निगमलाई निजिकरण हुन दिनेछैनौं । अन्तिमसम्म लड्छौं र आवश्यक परे अदालत सम्म जान्छौं । निगमलाई निजि कम्पनीको पोल्टोमा दिएर हजार कर्मचारीलाई मार्न खोजिएको हो । दुइ दिनभित्रमा प्रवन्ध पत्र र विनियमावली लगेर कसैलाई थाहा नदिई प्रक्रिया अगाडी बडाइएयो । बोर्डमा पनि हवाई माफिया मात्रै नियुक्त गरिएका छन् । यो सब हवाई माफियाको इसारमा चलेको छ । निगमलाई डुबाएर रामै रकम अशुल्नका लागि दुइ चार जना हवाइ माफियाको चाल हो, यो हामी सफल हुन दिँदैनौं , निजिकरण भयो भने दुईदेखि पाँच वर्ष भित्र नाम निसाना हुने छैन सवै मेटिनेछ ।’

नेपाल वायुसेवा निगम आधिकारिक ट्रेड युनियनका वरिष्ठ उपाध्यक्ष ऋषिकेश पन्थीले व्यवस्थापनको यो निर्णयले नेपाल वायुसेव निगमलाई तहसनहस पार्ने भएकाले यो मान्य नहुने बताउनुभयो । यो निर्णय खारेज नभएसम्मका लागि आन्दोलन जारी रहने उहाँको भनाई छ ।
उहाँले भन्नुभयो – ‘निगमलाई कसरी कमजोर बनाउनका लागि, वोर्डको अध्यक्ष नभएको अवस्थामा माफियाहरुको आयोजक उपसमिति बुद्धिसागर लामिछानेको अध्यक्षतामा गठन गरेर यो संस्थालाई कमजोर बनाउन माफियाको इसारामा, कसैसँग छलफल नगरी ४८ घण्टामा नयाँ ऐन ल्याइयो । नयाँ ऐनमा निगमलाई नयाँ संरचनामा लगिने, कस्तो संरचना भने निगमको सेयर ५१ प्रतिशत कुनै समूहलाई दिने, ३१ प्रतिशत नीजि वायुसेवा कम्पनीलाई दिइने, १४ प्रतिशत हवाइ तथा ट्राभलसँग सम्बन्धित संस्थालाई दिने, ५ प्रतिशत कर्मचारी र भुपु कर्मचारीलाई दिने भनेर ल्याइयो । साथै कम्पनीको मुल्याङ्कन गर्दापनि न्युन मुल्याङ्कन गरियो । हाल कम्पनीको मुल्य ९० अर्बभन्दा बढी मुल्यको कम्पनीलाई ५४ अर्ब मात्रै मुल्याङ्कन गरियो । माफियाको चङ्गोलमा लगेर निगमलाई बासँवारी जुत्ता कारखाना, ट्रलिबस, भृकुटी कागजको स्थितिमा पु¥याउन खोजिएको हो । हामीलाई निजिकरण चाहिएको होइन हामीलाई कुुशल नेतृत्व चाहिएको हो । नीजिकरणमा रुपान्तरण गर्ने निर्णय खारेज नभएसम्म आन्दोलन गर्छौ ।’
नेपाल वायुसेवा निगम कर्मचारी संघका उपाध्यक्षले वायु सेवा निगमलाई नीजिकरण गर्न नदिनका लागि तालाबन्दी गर्नुपरेको बताउनुभयो । निगमलाई नीजिकरण गर्न लागिएको भएपनि सरोकारवालासँग छलफल नभएको उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो – ‘नीजिकरण गर्न हुँदैन र हामी दिँदैनौं । हामीसँग छलफल गर्ने काम नभएकाले तालबन्दी गर्नुपरेको हो । प्रबन्धक ४ दिनदेखि सम्पर्कमा हुनुहुन्न । आएको ९ महिनामा उहाँले आफ्ना प्रचारबाजी वाहेक केही गर्नु भएन । उहाँ असक्षम हुनुहन्छ, निगमलाई दिर्घकालिन फाइदा हुने कुनैपनि काम गनुृभएको छैन, यस्तो एमडी हामीलाई चाहिदैन ।’
आन्दोलित कर्मचारीहरु माथि प्रहरीले बल प्रयोग गरेको थियो । कर्मचारीहरुले प्रहरीले आफुहरुलाई बल प्रयोग गरी आन्दोलनमाथि हस्तक्षेप गरेको बताएका छन् ।




















