आगामी २५ तारीख हुन लागेको NRNA मलेसियाको चौधौं अधिबेशनको नेतृत्वका लागि बन्द कै बाबजुद थुप्रै दाबी र चहलपहल मलेसियामा देखिन थालेका छन।
अधिबेशन बाट आउने नेतृत्वले आगामी योजना तथा कार्यक्रमहरू केही पनि अगाडि सारेका छैनन् । बहस कसको नेतृत्वमा हुने भन्ने चर्चा ले गर्दा नेतृत्वको लागि ठूलै दौडधुप र आर्थिक चलखेल भइरहेको पो छ कि भन्ने भन्ने कुराको ठुलो आसङ्खा सृजना हुने देखिएको भन्दै व्यावसायि समाज मलेसिया को पुर्ब अध्यक्ष गैरआवासिय नेपाली संघ मलेसिया को सस्थापक सदस्य तथा पुर्ब बरिस्ठ सल्लाहकार समेत रहेका राजेस श्रेष्ठ ले NRNA मलेसियाले सस्था बचाउनकै लागि पनि फ्रेस,नयाँ र श्रमिकमैत्री कार्यसमिति चयन गर्नुपर्ने बताउनुभयो।
श्रेष्ठले मलेसियामा श्रमिकका समस्या समाधानमा भन्दा पछिल्ला घटनाक्रम पात्र र प्रवृत्ति हेर्दा स्वार्थ बोकेर आउन थालेको सङ्खा ब्यक्त गरेका छ्न । हिजोका दिन मा संघ लाई आफ्नो पनि कुनै न कुनै किसिमको योगदान रहेकोे भन्दै NRNA मलेसियालाई दुर्घटनामा जान नदिन मलेसियामा रहेका व्यावसायि साथीहरू बिच ऐक्यबद्धता मेलमिलाप र सद्भाव र पारस्परिक सहयोग को सट्टा खिचातानी ,असहयोग अहमता बढेर गएको प्रती चिन्ता ब्यक्त गर्दै एस्ले सबैको संघ प्रतिको योगदान मेटाउने भन्दै सहमति मा एक पटक आफू आइसकेको मलेसियामा भएका श्रमिक हरुले टेस्ट लि सकेको मान्छे पुण:दोहोरीनु ब्याक्तीगत स्वार्थ लुकेको स्पस्ट पार्दै पद बर्यताकै आधार ले पनि नैतिकता लाई भुलेर दावा गरिरहनु अनुचित भएको बताउदै नयाँ जोस र जागर भएका नयाँ र फ्रेस नेतृत्व लाई काम गर्न दिनुपर्ने आफ्नो धारणा रहेको बताए।
श्रेष्ठ ले पुण:कसैको पक्षपोसण नगरेको तर नयाँ साथीहरूलाई एक पटक काम गरिसकेका साथीहरूले मार्गप्रसस्त गर्नुपर्ने र पुरानो अनुभवी साथीहरू केन्द्रमा रहेर काम गर्ने सुझाब दिदै नयाँ पुस्तालाइ नेतृत्व पुस्तान्तरण गर्नुपर्ने आफ्नो ब्यक्तिगत धारणा रहेको र श्रमिक लाई पहिलो प्राथमिकता दिने मात्रीभुमी लाई चोट लाग्दा मलम लगाउन सक्ने नयाँ नेतृत्व लाई मलेसिया बासी साथीहरूले चुन्नु पर्ने र आफ्नो पनि ब्याक्तीगत समर्थन तेस्तो नेतृत्व लाई रहने बताए।




















