बेल्जियमलाई २-१ गोल अन्तरले हराउँदै इटली सेमिफाइनलमा।

एजेन्सी := यूईएफए युरो कप अन्तर्गत राती सम्पन्न क्वाटरफाइनलको दोस्रो खेलमा इटलीले बेल्जियमलाई हराउँदै सेमिफाइनलमा स्थान बनाएको छ। जर्मनीको म्युनिखस्थित एलिनाज एरेनामा सम्पन्न खेलमा इटलीले बेल्जियमलाई २-१ गोलअन्तरले हरायो। यो जित संगै इटली अन्तिम चारमा प्रवेश गरेको छ।

इटलीलाई जित दिलाउन निकोलो बरेला र लोरेन्जो इन्सिनेले एक/एक गोल गरे । यस्तै बेल्जियमका रोमेलु लुकाकुले एक गोल फर्काए । यो  जितसँगै इटलीले ३२ खेलमा अपराजित रहने टिमको कीर्तिमान समेत बनाएको छ । अब इटलीले सेमिफाइनलमा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ ।

रातीनै सम्पन्न पहिलो खेलमा स्वीजरल्याण्डलाई हराउँदै स्पेनले अन्तिम १६ मा स्थान बनाएको थियो। सेमिफाइनलमा स्पेन र इटली प्रतिस्पर्धा गर्नेछन्।