एजेन्सी := फिल्म मेकर राज कौशलको ४९ वर्षको उमेरमा निधन भएको छ । राज कलाकार, फेसन डिजाइनर तथा टिभी पर्सनालिटी मन्दिरा बेदीका पति हुनुहुन्छ ।
उहाको हृदयाघातका कारण बुधबार निधन भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । राज र मन्दिराका एक छोरा र एक छोरी छन् । निर्देशक÷लेखक र निर्माता राजले आफ्नो करियरमा तीवटा फिल्म छन्, जसमा ‘प्यार मे कभी कभी, ‘शादिका लड्डु’ र ‘एन्थोली कौन है’ रहेका छन् ।
उनले कपिराइटरको रूपमा आफ्नो करियर सुरु गरेका थिए । चलचित्रमा भने सहायक निर्देशकको रूपमा भित्रिनु भएको थियो । उहाँले सन् १९९८ देखि अफ्नै विज्ञापन कम्पनी सुरु गरेर आठ सयभन्दा बढी विज्ञापनहरू बनाउनु भएको छ । राजको अन्तिम संस्कार मुम्बईकै दादरको शिवजी पार्कमा गरिएको थियो ।




















