दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय।

एजेन्सी := दक्षिण अफ्रिकाका पूर्वराष्ट्रपति ज्याकब जुमालाई १५ महिनाको जेल सजाय सुनाइएको छ । दक्षिण अफ्रिकाको सबैभन्दा ठूलो अदालत कन्स्टिट्युशनल कोर्टले जुमालाई अदालतको मानहानी गरेको आरोपमा १५ महिनाको जेल सजाय सुनाएको हो ।

ज्याकब जुमा राष्ट्रपति भएको समयमा भ्रष्टाचारको एक मुद्दाको अनुसन्धानमा आयोग समक्ष उपस्थित हुनु भएको थिएन । कन्स्टिट्युशनल कोर्टले उपस्थित हुन आदेश दिँदा पनि अनुसन्धान आयोग समक्ष नगएको उहाँमाथि आरोप छ । सन् २०१८ मा ज्याकब जुमाको कार्यकाल समाप्त भएको थियो । पदमा रहँदा उहाँमाथि भ्रष्टाचारका थुप्रै आरोप लागेका छन् ।