युरोपको पहिलो ‘मास्क फ्री’ देश बन्यो इटाली।

एजेन्सी := युरोपको पहिलो ‘मास्क फ्री’ देश इटाली बनेको छ । इटालीको सरकारले अब देशमा मास्कको आवश्यकता नभएको जनाएसँगै ‘मास्क फ्री’ देश बनेको हो । सोमबारदेखि घरबाट बाहिर निस्किँदा मास्क लगाउन नपर्ने नियम इटालीले बनाएको छ । यो निर्णयसँगै इटाली ‘मास्क फ्री’ हुने युरोपको पहिलो देश बनेको हो ।

सन् २०२० को फेब्रुवरीमा विश्वका धेरै देशमा कोरोना नफैलँदा इटाली सबैभन्दा नाजुक अवस्थामा पुगेको थियो । इटाली सरकारले २० राज्यलाई कोरोनाको जोखिम एकदमै कम भएको सूचीमा राखेको छ । इटालीमा कोरोना संक्रमणका कारण पछिल्लो समयसम्म एक लाख २७ हजार ५४२ जनाले ज्यान गुमाएका छन् ।