गंगुबाई काठियावाडी’को सुटिङ सकिन दुई वर्ष।

एजेन्सी := बलिउड चलचित्र ‘गंगुबाई काठियावाडी’ को सुटिङ सकिन पूरा दुई वर्ष लागेको छ । बलिउडका भेट्रान निर्देशक सञ्जय लीला भन्साली निर्देशित चलचित्रको आइतबार सुटिङ प्याकअप भएको हो । ८ डिसेम्बर २०१९ बाट फिल्मको छायांकन सुरु भए पनि कोरोना महामारीले लामो समय छायांकन रोकिएको थियो । अन्ततः दुई वर्षपछि फिल्मको सम्पूर्ण छायांकन सकिएको छ ।

चलचित्रमा अभिनेत्री आलिया भट्टको मुख्य अभिनय छ । आलियाले चलचित्रमा काम गर्दा आफूले जीवन बदल्ने अनुभव बटुलेको बताउनुभएको छ । उहाँले निर्देशक सञ्जय लीला भन्सालीसँग काम गर्दाको अनुभव बाँड्दै इन्स्टाग्राममा लेख्नुभएको छ, ‘सरको निर्देशनमा काम गर्नु मेरो पूरै जीवनको सपना थियो । तर, मलाई लाग्दैन कि कुनै चीजले मलाई त्यो यात्राका लागि तयार गरेको थियो, जसका लागि मैले दुईदेखि काम गरिरहेको थिएँ ।’

चलचित्रमा आलियासँगै अभिनेता अजय देवगनको पनि महŒवपूर्ण भूमिका छ । भन्साली र देवगनले करिब २२ वर्षपछि एकसाथ काम गर्नुभएको हो । ‘गंगुबाई काठियावाडी’ को कहानी कामाठीपुरामा एक वेश्यालय चलाउने गंगुबाई कोठेवालीको जीवनमा आधारित छ । मुम्बईका हुसेन जैदीद्वारा लिखित ‘माफिया क्विन्स’ किताबको एक अध्यायलाई फिल्ममा उतारिएको छ ।