आज मलेसियाबाट अन्तर्राष्ट्रिय हवाई उडानमार्फत १५५ नेपाली स्वदेश फर्किए।

क्वालालम्पुर (मलेसिया):= कोरोना माहामारीको कारण नेपाल र मलेसियामा जारि गरिएको लकडाउन पछि मलेसियाको क्वालालम्पुरमा अवस्थित केयलआईए अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल काठमाडौं सम्म आज आईतवार हिमालय एयरलाइन्सले पहिलो उडान भरेका छ्न।

आज जुन २७ तारिखको दिन भएको हिमालयन एयरलाइन्सको अन्तर्राष्ट्रिय उडानबाट मलेसियामा लामो समयदेखि रोकिएर बसेका १५५ जना यात्रु र १ वटा शवलाई र मलेसियामै मृत्यु भएर यतै अन्त्येष्टि गरिएका दुईजना नेपाली श्रमिकहरुको अस्तु पनि नेपाल पठाइएको मलेसिया स्थित नेपाली राजदुतावासका द्धितिय सचिव प्रतिक कार्कीले जानकारी गराउनुभयो।

हाल मलेसियाबाट नेपाल फर्किने यात्रुको लागि विमानस्थल जाँदा अनिवार्य कोरोना पिसिआर रिपोर्टको बारकोड सहिको रिपोर्ट लिएर जानु पर्ने र पिसिआर रिपोर्टमा बारकोड नभए इमिग्रेशन पास नपाउने ब्यबस्था नेपाल सरकारको रहेको छ ।

त्यसैले नेपाल फर्किने सबैले अनिवार्य ७२ घण्टे भित्रको पिसिआर रिपोर्ट बारकोड सहितको लिन पनि द्वितीय सचिव कार्कीले सम्पुर्णमा अनुरोध गर्नुभएको छ।

आज पनि एयरपोर्ट पुगेका ७ जना भन्दा बढि नेपालीहरुलाई दुतावासका प्रतिनिधिको सहायतामा इमिग्रेशन पास गराएको नेपाली श्रमिकहरुको सहायताको निम्ति केयलाआईए विमानस्थल पुगेका द्वितीय सचिव कार्कीले बताउनुभयो।

Advertise