गैरआवासीय नेपाली संघ मलेसियाको क्षेत्रीय साखा जोहोरबारुले तेस्रो अधिबेशन सम्पन्न गरेको छ । आज सम्पन्न भर्चुअल मिटिङ मार्फत गैरआवासीय नेपाली संघ मलेसियाको क्षेत्रीय साखा जोहोरबारुले तेस्रो अधिबेशन सम्पन्न गरेको हो।
अधिबेशन को उत्घाट्न १९-२१ का अध्यक्ष मिम्म बहादुर गुरुङ ले अधिबेशन को लोगो रिभिल गरेर कार्यक्रम उद्घाटन गरेका थिए ।
मलेसियाको क्षेत्रीय साखा जोहोरबारुको भर्खरै सम्पन्न तेस्रो अधिबेशन बाट सर्बसहमतिमा हरि बस्नेतको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ।
भर्खरै सप्पन्न 2021~2023 को नयाँ कार्यसमिति मा
वरिष्ट उपाध्यक्ष मा बेदना श्रेष्ठ,उपाध्यक्ष मा युवराज ज्योती सचिब मा राज बहादुर साउँद, स-सचिब मा बिंदु दर्लामी मगर,कोषाध्यक्षमा रेश्मा कला राई,युवा संयोजकमा छविलाल गिरी सहित सदस्यहरु विवस ओली,हिमाल थापा मगर,शैलेश सौगात, रीमा गुरुङ,गङ्गा चाम्लिङ्ग राई,सुनिता शाह ,उर्मिला राई,तिलक बहादुर श्रेष्ठ ,उषा केसी र धुर्ब देब लामिछाने सहित १९ सदस्य कार्य समिति सर्बसहमती मा चयन गरेको निर्वाचन समिति संयोजक नारायण अधिकारीले जानकारी दिए।




















