काठमाडौं := ग्लोबल आइएमई बैंक लिमिटेड र त्रिभुवन विश्वविद्यालय क्याम्पसको प्रिन्सिपल कार्यालयको सहकार्यमा विश्वविद्यालय परिसरमा शनिबार वृक्षारोपण गरिएको छ । वृक्षारोपण कार्यक्रमको उद्घाटन त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राडा शिवलाल भुसाल तथा ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्यले संयुक्तरूपमा गर्नुभएको थियो ।
विश्वविद्यालय क्याम्पस, प्रिन्सिपल कार्यालयको हरियाली दृश्य र स्वच्छ विश्वविद्यालय परिसर निर्माणको अभियानअन्तर्गत क्याम्पस परिसरको तीनकुनेदेखि घडी भवनसम्मको सडक छेउमा करिब दुई सय धुपी र चापको बिरुवा रोप्नुका साथै बिरुवा संरक्षणका लागि ‘ट्रि गार्ड’ समेत लगाइएको बैंकले जनाएको छ ।




















