एनआईसी एसियाको ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता।

काठमाडौं := एनआईसी एसिया बैंकले टिकटक भिडियो बनाउनेलाई लक्षित गर्दै ‘टिकटक भिडियो च्यालेन्ज’ प्रतियोगिता आयोजना गर्ने भएको छ । साउन ५ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा बैंकको आधिकारिक टिकटक पेजमा बैंकले डिजिटल बैंकिङ प्रवद्र्धनार्थ तयार पारेको ‘मोबैंक गरौं’ थिमका छवटा फरक-फरक जिंगल प्रयोग गरेर सहभागी हुन सकिने बैंकले जनाएको छ ।

प्रतियोगितामा सहभागी भई प्रतिभिडियो १५ हजार बराबरको आकर्षक उपहार जित्न सकिने र एकजना सहभागीको एकभन्दा बढी भिडियो छनोट भएमा १५ हजारका दरले हुन आउने कुल रकम बराबरको आकर्षक उपहार पाउने बैंकले जनाएको छ ।

‘टिकटक भिडियो च्यालेन्ज’ मा सहभागी हुन बैंकको आधिकारिक टिकटक पेज फलो गर्नुपर्नेछ । सहभागीले बनाएको भिडियो आफ्नो टिकटक पेजमा पाँचजना साथीलाई ट्याग गर्नुपर्नेछ । अपलोड भएका छवटा थिमका भिडियोमध्ये प्रत्येक थिममा सबैभन्दा बढी पटक हेरिएका एक÷एक वटा भिडियो विजयी हुने बैंकले जनाएको छ । विजेता बन्न भिडियो न्यूनतम १५ हजार पटक हेरिएको हुनुपर्नेछ ।