ब्रिटनी स्पीयर्सः अमेरिकी पप गायिकाले किन भनिन्,‘मेरो जिन्दगी फिर्ता देउ’

एजेन्सी := विश्वप्रशिद्ध पप गायिका ब्रिटनी  स्पीयर्स अहिले एक अनौठो झमेलामा छिन् । उनको यो झै-झमेलाले ग्ल्यामर दुनियामा खैलाबैला मच्याएको छ । अमेरिका, लस एन्जेल्सको एक अदालतमा ब्रिटनी ले भनिन्, ‘मलाई जिन्दगी फिर्ता चाहियो।’

आफ्नो जिन्दगीको १३ बर्ष लामो ‘अपमानजनक प्रबन्धन’को अन्त्य गर्ने लडाईमा छिन् उनी । भनिहालौं, आफ्नो गायकीले विश्वमै कहलिएकी यी गायिकाको जीवन आफ्नो मर्जी अनुसार चलिरहेको थिएन । कतिसम्म भने, आफुले आर्जन गरेका सम्पतिमाथि पनि उनको अधिकार थिएन ।

अर्थात उनले के गर्ने, के नगर्ने भन्ने सम्पूर्ण कुरामा अर्कै व्यक्तिको निर्णय लिनुपर्ने हुन्थ्यो । यी सबैकुराको अधिकार उनका ‘कानुनी पिता’लाई दिइएको थियो । यो कुन अवस्थामा हुन्छ भने, व्यक्ति जब मानसिक रुपमा बिरामी वा विक्षिप्त हुन्छन् । त्यसो भए के ब्रिटनी  स्पीयर्स मानसिक बिमारले ग्रस्त वा विक्षिप्त थिइन् ? के उनी आफ्नो निर्णय नै गर्न असमर्थ थिइन् ? उनी कठपुतली झै अरुकै इशारा र आदेशमा नाचिरहेकी थिइन् ?

उनले भर्खरैमात्र सामाजिक सञ्जालमार्फत विश्वभर रहेका आफ्ना शुभचिन्तकलाई सम्बोधन गर्दै भनेकी छिन्, ‘म माफी चाहन्छु कि अहिलेसमम्म मैले आफ्नो सबैकुरा ठीकठाक छ भनेर बाहाना गरिरहेकी थिएँ । खासमा मेरो सबैकुरा ठीकठाक र राम्रो थिएन ।’ यसै सन्दर्भमा बीबीसीले ब्रिटनी  स्पीयर्सको झै-झमेलाबारे एक आलेख छापेको छ ।

मलाई जिन्दगी जिउन देउ

वितेको केही बर्षदेखि ब्रिटनी  लीगल गार्जियन (कानुनी रुपमा उनका अभिभावक)ले उनको करिकरको निर्णय लिदै आएको छ । सन् २००८ मा ब्रिटनी मानसिक समस्याबाट ग्रस्त थिइन् । त्यही क्रममा अदालतले कन्जरभेटरसिप नामको एक प्रक्रियाबाट उनको रेखदेखका लागि कन्जरभेटर अर्थात कानुनी अभिभावक नियुक्त गरेको थियो ।

अदालतले आफ्नो आदेशमा ब्रिटनी को सम्पति र उनको जिन्दगीको अहम् निर्णयको सम्पूर्ण हक कानुनी पिता जेमी स्पीयर्सलाई दिएको थियो । तर, अहिले ब्रिटनी लाई यस किसिमको अभिभावकत्व मञ्जुर भएन । उनी यसबाट मुक्त हुने लडाईमा छिन् ।

अहिले विश्वभर रहेका ब्रिटनी का असंख्यौं शुभचिन्तकले ‘ह्यासट्याग फ्रिब्रिटनी ‘ नामको एक अभियान नै सुरु गरेका छन् र ब्रिटनी लाई कानुनी पिताबाट मुक्त गराउनका लागि आवाज उठाइरहेका छन् । यसैबर्ष ब्रिटनी को जिन्दगी र उनको अभिभावकत्वलाई लिएर ‘फ्रेमिङ ब्रिटनी  स्पीयर्स’ नामको एक वृत्तचित्र सार्वजनिक भएको छ । यसै माध्यामबाट ब्रिटनी को असली दुःख सबैसामु पुगेको छ । खासमा उनी आफ्नो निजी जिन्दगीका लागि लामो समयदेखि कानुनी लडाइमा छिन् ।

शुक्रबार ब्रिटनी  स्पीयर्सले एक इन्टाग्राम पोस्ट गर्दै आफ्ना शुभचिन्तकलाई माफी मागेकी छिन् । यसो भन्दै, ‘अहिलेसम्म मैले देखावटी रुपमा सबैकुरा ठीकठाक छ भनिरहेकोमा म माफी चाहन्छु ।’ उनले आफ्नो आत्मसम्मानका कारण यस विषयमा कुनै कुरा नगरेको बताएकी छिन् ।

उनले लेखेकी छिन्, ‘यो मद्दा म आफ्ना शुभचिन्तकको सामुन्ने ल्याइरहेकी छु । किनभने उनीहरुले यो नठानोस् कि मेरो जिन्दगीमा सबैकुरा राम्रो भइरहेको छ । ठीकठाक छ । यदि तपाईंहरुले मेरो बारेमा समाचार देख्नुभयो भने थाहा हुनेछ, मेरो जीवन ठीकठाक छैन ।’

के हो अभिभावकत्व कानुन ?

कुनैपनि व्यक्तिले आफ्नो जिन्दगीका लागि उचित निर्णय लिन नसक्ने अवस्थामा स्थानिय अदालतले गर्जियनसिप कानुन (यसलाई अमेरिकामा कन्जरभेटरसिप पनि भनिन्छ) को माध्याबाट एक कानुनी अभिभावक तय गरिदिन्छ । अदालतको आदेशमा कानुनी अभिभावकले उक्त व्यक्तिका लागि सम्पूर्ण निर्णय गर्न सक्छन् । खासगरी मानसिक रुपले बिमार र विक्षिप्त व्यक्तिका लागि अदालतले यस्तो फैसला गरिदिन्छ ।

ब्रिटनी को हकमा अभिभावकत्वलाई दुई हिस्सामा राखिएको छ । पहिलो उनको सम्पति र पैसाको मामलामा । दोस्रो, उनको निजी जिन्दगीलाई लिएर । यही नयाँ कानुनी व्यवस्थाले गर्दा सन् २००८ बाट ब्रिटनी ले आफ्नो पैसा एवं सम्पतिसमेत आफ्नो मर्जीले उपभोग गर्नबाट वञ्चित थिइन् ।

सुरुवातमा यी दुबै कुराको अधिकार उनका कानुनी पिता जेमी स्पीयर्सलाई थियो । तर सन् २०१९ मा उनले पनि आफ्नो स्वास्थ्य स्थितीको कारण आफ्नी छोरीको निजी निर्णय लिन असमर्थ रहेको बताइरहेका थिए ।

अन्ततः यो काम अस्थायी रुपमा एक पेशेवर (केयर प्रोफेशनल)लाई दिइयो । ब्रिटनी ले उनलाई नै स्थायी रुपमा काम गर्न दिनका लागि अनुरोध गरे ।

तर, अदालतको गोपनिय दस्तावेजको आधारमा न्यूर्योक टाइम्सले भनेको छ कि, ब्रिटनी ले गार्जियनसिपको विरुद्ध गंभिर आरोप लगाएकी छिन्, तर यो कुरा मिडियामा उति धेरै चर्चा भएन । यस दस्तावेजबाट के थाहा हुन्छ भने ब्रिटनी ले आफ्नो जिन्दगीको सामान्य निर्णय पनि लिनबाट समेत वञ्चित छिन् । कोसँग डेट जाने वा आफ्नो भान्सा वा अलमारीको रंग कस्तो लगाउने भन्ने कुरामा समेत उनको मर्जी चल्दैन ।

सन् २०१६ मा अदालतका जाँचकर्ताले लेखे, ‘ब्रिटनी लाई लाग्छ कि गार्जियनशिप उनको विरुद्ध दमनारी र नियन्त्रण गर्ने हतियार बन्यो ।’ रिपोर्ट अनुसार गार्जियनसिपका बारेमा ब्रिटनी ले भनेकी थिइन्, ‘मेरो जिन्दगीमा हदभन्दा बढी नियन्त्रण भइरहेको छ ।’

नोभेम्बर २०२० मा आदलतले जेमी स्पीयर्सलाई ब्रिटनी को अभिभावकबाट हटाउन अस्विकार गर्‍यो र बेसेमेयर ट्रस्ट नामको एक फाइनेन्सियल कम्पनीलाई उनको सम्पतिको मामलामा सह अभिभावक बनाइदियो ।

यसको एक महिनापछि अदालतले जेमी स्पीयरलाई दिइएको गार्जियनसिप हक २०२१ सम्मलाई बढाइदियो ।

ब्रिटनी लाई अभिभावकको किन जरुरी पर्‍यो ?

सन् २००७ मा ब्रिटनी को व्यावहार एकदमै अनौठोगरी बदलियो । त्यही बर्ष ब्रिटनी  र उनका पति केविन फेडेरलाइनबीच सम्बन्ध विच्छेद भयो । यस कानुनी लडाइमा उनका दुबै बच्चा पाल्ने हक उनका पतिलाई दिइयो ।

त्यसपछि सार्वजनिक रुपमै यस्ता केही घटना भए, जसले ब्रिटनी को मानसिक स्वास्थ्यप्रति प्रश्न गर्न थालियो । एकपटक उनले आफ्नो कपाल सबै मुडे, अर्को पटक उनले छाताले एक फोटोग्राफरमाथि आक्रमण गरिन् ।

सन् २००८ मा मानसिक समस्याको मूल्यांकनपछि उनलाई अस्पताल भर्ना गरियो । त्यसबेला उनले आफ्नो छोरोलाई जान दिन मानिनन् र प्रहरीसँग उनको विवाद भयो । यतिबेलासम्म अस्थायी रुपमा उनको कानुनी अभिभावक नियुक्त गरिसकिएको थियो । तर, यस अन्र्तगत उनी के के कुराका हकदार थिए भनेर सार्वजनिक रुपमा भनिएन ।

कानुनी पिताको अभिभावकत्व रहँदा पनि ब्रिटनी को काममा कुनै कमी आएन । त्यसपाली उनले तीन एल्बम सार्वजनिक गरिन् । लास भेगास रेजिडेन्सीसँग कन्सर्टका लागि लामो अनुबन्ध गरिन् । उनी केही पटक टेलिभिजन शोमा देखिइन् । अमेरिकामा एक्स फ्याक्टर नामको शोमा निर्णयकको रुपमा पनि रहिन् ।

ब्रिटनी को कमाईसँग जोडिएको दस्तावेजको अधारमा विजनेस इनसाइडरमा एक रिपोर्ट छापिएको थियो । जसमा भनिएको थियो कि, २०१८ मा ब्रिटनी को कुल सम्पति करि ५ दशमलव ९ करोड डलर थियो । इन्टरटेनमेन्ट टुनाइटको रिपोर्ट अनुसार यसबर्ष बि्रटीनले कानुनी लडाईमा करिब ११ लाख डलर खर्च गरेकी थिइन् ।

के हो फ्रिब्रिटनी  अभियान ?

न्यूयोर्क टाइम्सका अनुसार ह्यासट्याग फ्रिब्रिटनी  शब्दको प्रयोग सन् २००९ मा पहिलो पटक गरिएको थियो । यसको सबैभन्दा पहिलो प्रयोग एक फ्यान वेबसाइटमा गरिएको थियो, जहाँ ब्रिटनी का शुभचिन्तक उनका लागि गार्जियनसिपको बिरुद्धमा थिए ।

यसपछि त्यसको प्रयोग सन् २०१९ मा त्यसबेला गरियो जब लास भेगास रेजिडेन्सीसँग गरिएको आफ्नो अनुवन्ध बिचमै तोडेर ब्रिटनी  एक मानसिक अस्पतालमा भर्ना भइन् । उनले भनेकी थिइन् कि आफ्ना पिताको लगातार खस्कदो स्वास्थ्यको कारण उनमा मानसिक तनाव थपियो ।

यता ब्रिटनी का शुभचिन्तक भन्छन्, ब्रिटनी लाई गार्जियनसिपको व्यवस्था जबरजस्ती लादिएको हो । कतिले यस व्यवस्था विरुद्ध हस्ताक्षर अभियान नै चलाए । अनि हजारौं संख्या पत्र ह्वाइट हाउसमा पठाउँदै अनुरोध गरियो, ब्रिटनी को यो गार्जियनसिप अन्त्य गरियोस् ।

यी सबै कुरामा ब्रिटनी  चाहिँ के भन्छिन् ?

ब्रिटनी  स्पीयर्सले केही बर्षसम्म यस अभियानलाई न समर्थन गरिन्, न बिरोध । उनी चुपचाप रहिन् । उनको प्रयास के थियो भने अदालतको मुद्धा जे भएपनि अनलाइनमा देखिदा खुसी देखिनुपर्छ ।

उनका केही प्रसंशकहरु भन्छन् कि उनले गोप्य सन्देशका लागि सामाजिक सञ्जालको साहारा लिइन् । जस्तो कि, आफुलाई सहयोग गर्न चाहनेहरुलाई उनले पहेंलो पोशाक लगाउन भनेकी थिइन् ।

यस बर्षको सुरुवातमा ब्रिटनी को वकिलले अदालतलाई अनुरोध गरेको थियो, गार्जियनसिपको बारेमा अदालतले ब्रिटनी को कुरा पनि सुनियोस् । तब लास एन्जेल्समा भएको त्यस सुनवाईका क्रममा ब्रिटनी ले भनिन्, ‘हद भन्दा बढी नियन्त्रण गर्ने यस व्यवस्थाको अन्त्य गरियोस् । ताकि, उनले आफुले फेरी विवाह गर्न सकियोस् र बच्चा जन्माउन पाइयोस् ।’

अदालतलाई दिएको २० मिनेट लामो आफ्नो भावुक वयानमा ब्रिटनी ले भनेकी छिन्, ‘म चाहन्छु कि यो गार्जियनसिपको व्यवस्था अन्त्य गरियोस् । र, यस मागको लागि मेरो मूल्यांकन नगरियोस् । मलाई पनि जिन्दगी जिउने हक छ ।’

ब्रिटनी को वयानपछि उनका पिताका वकिलले भनेका छन्, ‘उनका पितालाई यस कुरामा अपसोच छ कि उनकी छोरी दुःखी छिन् ।’

ब्रिटनी को जिन्दगीमा उतारचढाव 

१९९८

१६ बर्षको उमेरमा ब्रिटनी  स्पीयर्सले पहिलो पटक सफलताको स्वाद चाखिन् । आफ्नो डेब्यु गीत ‘बेबी वन मोर टाइम’ विश्व पाँच चार्जमा पहिलो पटक टप दश गीतमा एक बन्यो । सोही उमेरमा जहाँ एकातिर उनले विवादलाई जन्म दिइन्, अर्कोतर्फ ठूलो किशोर जमात उनका प्रसंशक भए ।

२००७

ब्रिटनी को निजी जिन्दगीमा पतिसँगको उनको लडाई सतहमा देखियो । उनको सम्बन्ध विच्छेद भइसकेको थियो । मिडियामा उनको बच्चाको बारेमा प्रश्नहरु गर्न थालियो । उनको मानसिक स्वास्थ्यको बारेमा प्रश्नहरु गर्न थालियो । उनलाई के पनि आरोप लगाइयो भने उनी आमा हुनका लागि योग्य छैनन् ।

२००८

अस्पताल र पूर्नस्थापना केन्द्रको चक्कर काटेपछि बि्रटीनका पिता जेमी स्पीयर्स उनका कानुनी पिता बने । उनलाई ब्रिटनी को करियर, उनको सम्पति र आर्थिक मामलाको निर्णय लिने अधिकार दिइयो । सुरुमा यो व्यवस्था कम समयका लागि थियो । तर, पछि अनिश्चितकालका लागि बढाइयो ।

२०१३

भलै ब्रिटनी लाई आफ्नो जिन्दगीको निर्णय लिने हक थिएन । तर, उनले यो काम जारी राखिन् । एक पटक उनले आफ्नो छवी सुधार्ने प्रयास गरिन् । आफ्नो सातौ स्टुडियो एल्बमपछि केही शोमा गइन् । उनले एक कम्पनीसँग कन्सर्टका लागि चार वर्षको अनुबन्धन गरिन् ।

२०१९-२०

पिताको खराब स्वास्थ्यलाई कारण देखाउँदै ब्रिटनी ले कामबाट विदा लिइन् । उनका पिताले पनि आफ्नो खराब स्वास्थ्यको कारण ब्रिटनी को अभिभावक बनिरहने कर्तव्यवाट छुटी लिन चाहेको बताए ।

ब्रिटनी ले आफ्ना वकिललाई भनेकी थिइन् कि, उनी कानुनी पिताको माध्यामबाट आफ्नो सम्पूर्ण जिन्दगीको छिनोफानो गर्न चाहन्न । वकिलले भनेका छन्, ‘ब्रिटनी लानई आफ्नो पिताको डर छ । र, यदि उनको हातमा नियन्त्रण रहिरहने हो भने ब्रिटनी  फेरी कहिल्यै स्टेजमा र्फकने छैनन् ।’

फेब्रुअरी २०२१

न्यूर्योक टाइम्सले ब्रिटनी को सफलता र उनको करियरको उतारचढावलाई लिएर एक वृत्तचित्र बनायो । यसमा मिडियाले उनीसँग जुन व्यवहार गरेको थियो, त्यसबारे चर्चा गरेको थियो । यसै वृत्तचित्रपछि ब्रिटनी को निजी जिन्दगी र उनको गार्जियनसिपको बारेमा सर्वत्र चासो बढ्यो ।

बीबीसीबाट भावनुवाद