काठमाडौं := लोकप्रिय गायक शिव परियारले नेपालमा आधुनिक शैलीबाट जातीय विभेदलाई बढावा दिइएको बताउनुभएको छ । शिवले फेसबुकमा लेख्नुभएको छ, ‘नरिसाउ ल नानी’ भनि भनि आधुनिक शैलीमा विभेदलाई निरन्तरता दिइ रहने हो भने विभेद समाजमा राखिरहेसम्म सरस्वती प्रधान र रूपा सुनार चरित्रको द्वन्द्व समाजमा जारी नरहला भन्न सकिन्न र? त्यो पक्कै नेपाली समाजका लागि हितकर हुने देख्दिनँ म ।
विगतभन्दा विभेदको शैली फेरिएको गायक परियारले उल्लेख गर्नुभएको छ । ‘बा, हजुरबा पुस्तामा ठाडै अपशब्द वचन बोलेर गरेको विभेदमात्रै विभेद थियो । अहिले त माया गरेर बोलेर पो व्यवहार गरेको रहेछ नि ! यस्तो नि विभेद हुन्छ र ? भन्ने पुस्ता यसपटक सामाजिक सञ्जालमा धेरै देखिए । यो अहिलेको पुस्ताले चाहिँ विभेद गर्ने शैलीमा अलिक आधुनिकता भिœयाएको पाइयो,’ उहाँले लेख्नुभएको छ ।




















