ऋतिकद्वारा नयाँ फिल्म कृष ४ को घोषणा।

एजेन्सी := बलिउडको सुपरहिट चलचित्र ‘कृष’को चौथो सिक्वेल पनि निर्माण हुनेभएको छ । चलचित्रका मुख्य नायक ऋतिक रोशनले ‘कृष–४’ निर्माण गर्ने घोषणा गर्नुभएको हो ।

ऋतिकले ‘कृष’ निर्माण भएको १५ वर्ष पुगेको अवसरमा सामाजिक सञ्जालमा लेख्नुभएको छ, ‘पहिलेको कुरा वितिसकेको छ । अब भविश्य कस्तो लिएर त्यो देख्न बाँकी छ ‘कृष ४’ ।’ ‘कृष’ बलिउडमा सफल फ्रेन्चाई फिल्ममध्ये एक हो ।

करिब दुई वर्षअगाडि ‘कृष-४’ छिट्टै फ्लोरमा निस्किएर २०२० को क्रिसमसमा रिलिज हुने हल्ला चलेको थियो । त्यसपछि निर्माता, निर्देशक राकेश रोशनले अप्ठ्यारो समयका कारण चलचित्र रोकिएको बताउनु भएको थियो ।

सो समय उहाँले फिल्मको लेखन कार्य भइरहेको र ढिला हुने जानकारी दिनुभएको थियो । कृष’ फ्रेन्चाइसको सुरुवात २००३ मा ‘कोई मिल गया’ चलचित्रबाट भएको थियो । यसपछि अन्य दुई फिल्म ‘कृष’ २००६, ‘कृष ३’ २०१३ रिलिज भएको थियो ।