काठमाडौं := चलचित्र ‘द आर्टिष्ट’ नेट टिभीमा आएको छ । टीकाध्वज थापा (रमेश) ले निमार्ण तथा जीवन शाहीले निर्देशन गरेको चलचित्र ‘द आर्टिष्ट’ शुक्रबारदेखि नेट टिभीमा आएको हो । कोरोना भाइरस (कोभिड-१९) को संक्रमणका कारण सिनेमाघरमा चलचित्र प्रदर्शन गर्न असमर्थ भएपछि नेटटिभी मार्फत दर्शकमाझ चलिचित्र ल्याएको निर्माता थापाले बताउनुभयो ।
चलचित्रको यसअघि आइटम गीत ‘मै उत्ताउली’ र ट्रेलर सार्वजनिक भएको थियो । चलचित्रको ट्रेलर र गीत साइराम पिक्चर्सबाट सार्वजनिक गरिएको छ । चलचित्रमा सुनिल गुरुङ, अपसना थापा, अस्मिता बस्नेत, नरेश कुमार, तिर्सना बुढाथोकी, श्रीजना थापा, खुस्बु पौडेल, केदार बस्नेत, रमेश थापा, राजु भट्ट, सन्तोष दाहाल, निर्मल विष्ट, उषा खनाल, धीरेन्द्र श्रेष्ठलगायत कलाकारको अभिनय छ ।
हरि न्यौपानेको छायांकनकोे चलचित्रमा वीरेन्द्र भाटको सम्पादन र अर्जुन पोख्रेलको कलर छ । एक्सन, माया प्रेम र कलाकार बन्ने सपना राखेर चलचित्र क्षेत्रमा आउनेहरूको कथा व्यक्त गरिएको चलचित्र हो द आर्टिष्ट । चलचित्रलाई नेट टिभीको एप्प डाउनलोड गरेर संसारको जुनसुकै ठाउँबाट हेर्न सकिन्छ ।




















