चीनमा नयाँ प्रजातिको मानव जातीको खप्पर फेला।

एजेन्सी := चीनमा नयाँ प्रजातिको मानव जातिको खप्पर फेला परेको छ । चिनियाँ वैज्ञानीकहरूले उक्त खप्पर सार्वजनिक गरेका हुन् । ‘ड्रागन’ नाम दिइएको खप्पर पूर्वी एशियामा कम्तीमा एक लाख ४६ वर्षअघि जीवित रहेको मानव जातिको प्रजाति रहेको वैज्ञानीकहरूको निष्कर्ष छ ।

चीनमा भेटियो नयाँ प्रजातिको मानव खप्पर, नयाँ खोजले इतिहासको पुनःलेखन गर्न सक्ने खोजकर्ताहरूको दाबी अध्ययन कर्ताहरूले यो खोज मानव विकास इतिहासको पुनःलेखन गर्न सक्ने सम्भावना रहेको बताएका छन् । फेला परेको खप्पर अन्य मानव प्रजातिको भन्दा ठूलो र यसको मस्तिष्कको आकार ठूलो छ ।