काठमाडौं := ग्लोबल आईएमई लघुवित्तले ग्राहक सदस्यलाई ३१ लाख रुपैयाँभन्दा बढी सहयोग प्रदान गरेको छ । दैविक विपत्तिमा परेका आफ्ना सदस्यलाई कुल ३१ लाख ६३ हजार चार ५० रुपैयाँ सहयोग प्रदान गरेको हो ।
मनाङ र मेलम्चीको बाढीपीडित सदस्यलाई पाँच लाख १९ हजार तथा कोरोना प्रभावित सदस्यलाई औषधोपचार खर्चबापत २६ लाख ४४ हजार चार सय ५० रुपैयाँ सहयोग प्रदान गरिएको कम्पनीका प्रमुख कार्यकारी अधिकृत हरिकृष्ण जोशीले जानकारी दिनुभयो ।
संस्थाले एक सय दुई शाखामार्फत् एक लाख २५ हजार तीन सय ८४ सदस्यलाई सेवा प्रदान गर्दै आएको जनाएको छ ।




















