अभिनेत्री आँचल शर्माको नजरमा अभिनेता पल शाह महानायक।

काठमाडौं:= चर्चाको बाबजुद बेलाबेला विवाद र आलोचनाको घेरबन्दीमा पर्ने नायिका हुन आँचल शर्मा । विवाह पश्चात् उनलाई सुस्ताएको भनिदै आईएको छ । तर, विवाह पश्चात् कोरोनाका कारण नेपाली चलचित्र उधोग नै सुस्ताईरहेको छ । अहिलेको अवस्थामा पनि चलचित्र उधोग उठ्ने छाटकाट छैन । यो क्रम अझै लम्बिने विष्लेषकहरुको भनाई छ।

शर्मा अन्तरबार्ताका कारण समेत बेलाबेला विवादको भुमरीमामा पर्छीन् । केहि अघि एक युट्युब च्यानलमा दिएको अन्तरबार्तामा टिकटकरहरुलाई साथ दिदै पब्जी प्लेयरहरु प्रती दिएको अभिव्यक्ति आलोचनात्मक बन्यो । त्यो कुरालाई लिएर सामाजिक संजालमा उनी निकै ट्रोलको सिकार समेत बनिन्।

पछिल्लो समय सामाजिक संजालबाट हराएकी थिइन् । सामाजिक संजालमा उनको उपस्थिति नहुदा फ्यानहरु नयाँ कुराको पर्खाईमा रहेको बुझिन्थ्यो । तर, उनी १० दिने विपस्याना गएकि थिइन् । विपस्यना पश्चात् सामाजिक कार्यमा सकृयता बढाउदै गरेकी शर्माले अभिनेता पल शाहलाई महानायक भनेकी छन्।

तर, हाल देशको विषम परिस्थितिमा महानायक को हो ? भन्ने प्रस्तोताले राजेश हमाल र पल शाह सहितको अपसन राख्दै सोधेको प्रश्नमा उनले पल शाहलाई रोजेकी हुन् । पलको यतिबेलाको समाजसेवीपनलाई सपोर्ट गर्दै शाह पट्टि ढल्किएकी हुन् । यता, फ्यानहरुले राजेश हमाललाई भने देश विपत्तिमा रहदा पनि सहयोग नगरेको, सामाजिक संजालमा अनेक तस्विर सार्बजनिक मात्रै गरेको भन्दै बेलाबेला घच्घच्याई रहेका हुन्छन्।