NRNA मलेसियालाई श्रमिककालागि काम गर्ने दृढिइच्छाशक्ति भएको नेतृत्व आजको आबस्यकता हो । पदका लागि हैन मलेसियामा श्रमिकका हक-अधिकार सुनिस्चित गराउने नेतृत्व चयन हुनुपर्छ। राजनैतिक खिचातानीलाई निरुत्साहित गर्दै संघ सस्था हरुसङ वापसिक सद्भावको एउटा सस्कार बसाउनु पर्ने अत्यन्तै जरुरत महसुस गरेकोले आफुले आगामी कार्यकालमा आफुलाइ संघको महासचिवमा उम्मेद्बारी दिने तय गरेको बर्तमान सचीव रन्जित क्षेत्रीले बताए। गैरआवासीय नेपाली संघ मलेसियाको हरेक अधिबेशनमा पद र प्रतिस्ठालाई धेरै ठूलो प्रथामिकताकासाथ लिइदै आइरहेका निस्ठान्तहरु माझ छ्न ।
हामिले अहिले सम्म श्रमिकका हक-अधिकारका कुरालाई उच्चतम प्राथमिकताका साथ उठान गर्न नसकेकोमा आफ्नो तर्फबाट माफी माग्दै श्रमिकका मुद्धाहरुलाई कसरी सम्बोधन गर्ने भन्ने कुरा बुझेको श्रमिकहरुमाझ परिचीत ब्याक्तिको खाचो संघमा रहेको बताउदै स्पस्ट दीर्घकालीन कार्ययोजनालाई सबैको समर्थन हुनुपर्ने र आफ्नो पनि नैतिक समर्थन रहने बताएका छन। रन्जित क्षेत्री गैरआवासीय नेपाली संघ मलेसियाको दुई कार्यकाल देखि सचिब छ्न । गत अधिबेशनमा नै आफुले महासचिव पाउनुपर्ने भएता पनि आफू ब्याक रहेर साथीहरूलाई अबरस दिएको बताए। मलाइ पदको हैन श्रमिकहरुमाझ गएर काम गर्ने इच्छा रहेको उन्ले बताए ।




















