सुनको कोटा बढाउन माग।

काठमाडौं := सुनचाँदी व्यवसायीले सुन आयातको कोटा बढाउन माग गरेका छन् । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले कोरोना निषेधाज्ञाका कारण लामो समयदेखि सुनको कारोबार बन्द रहेकाले निषेधाज्ञा खुकुलो भएसँगै सुनको माग बढ्ने भन्दै सुनको कोटा बढाउन माग गरेको हो ।

हाल दैनिक २० केजी सुन बिक्री हुँदै आएकोमा लामो समयपछि बजार खुलेको र निकट भविष्यमै प्रमुख चाडपर्वको समय पनि सुरु हुने भन्दै ३० केजी सुनको आपूर्तिको व्यवस्था गर्न महासंघले नेपाल राष्ट्र बैंकसँग आग्रह गरेको छ  ।