एनआरएनए मलेसियामा पुनः अध्यक्ष बनेर बाँकी काम पूरा गर्न चाहन्छु: अध्यक्ष हरि भट्टराई।

क्वालालम्पुर (मलेसिया):= मलेसियामा गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको चुनाव नजिकिदै गर्दा , चुनावी सरगर्मी समेत तिब्र बढेको छ। एनआरएनएको आगामी कार्यकालको लागी अध्यक्ष पदमा उम्मेदवारी दिनेहरूको होडबाजी चल्छ कि ?भन्ने संकेत बाहिर देखिदै छ।

कोरोना भाइरस (कोभिड-१९) का माहामारीको कारण आफ्नो भिजन अनुसार, सोचे अनुसारका काम गर्न पाईएन। गैर आवासीय नेपाली संघ (एनआरएनए) मा आफू रहदाको महत्त्वपूर्ण समयमा माहामारीले थलिएका श्रमिकहरुको निम्ति राहत बितरण ,सहयोग र उद्वारमा खर्चिनु परेकोले सोचे अनुरुप र भिजन अनुसारको काम गर्न बाकीनै रहेकोले गैर आवासीय नेपाली संघ (एनआरएनए) मलेसियाको आगामी कार्यकालमा ती अधुरा काम पूरा गर्नका लागि आफ्नो नेतृत्वको थप एक कार्यकाल आवश्यक महसुस गर्दै आगामी अधिवेशनमा बर्तमान अध्यक्ष हरि भट्टराईलेनै पुनः अध्यक्ष पदमा दाबी गर्ने बताउनुभएको छ।

तस्बिरमा अहिलेका बर्तमान एनआरएनए अध्यक्ष हरि भट्टराई

आफुले गैरआवासीय नेपाली संघ मलेसियाको नामका लागि ५० हजार रिंगेट सहयोग गरेर सञ्चय कोष स्थापना गर्नेदेखि एनआरएनएको आफ्नै ब्यवस्थित कार्यालय लगाएतका केही देखिने काम गरेको भएता पनि संघ लाई अझै श्रमिकमाझ लाने थुप्रै कार्यक्रमहरुको भिजन आफू संगै रहेको र संघको सुदृढीकरण,थप श्रमिक मैत्री बनाउने काम अधुरो रहेको भन्दै संघमा आगामी अधिवेशनमा आफ्नो पनि दाबेदारिता रहने अध्यक्ष भट्टराईको भनाइ रहेको छ।

सबै मिलेर संघलाई नयाँ नेतृत्व दिने नयाँ पिडिलाइ नेतृत्व हस्तान्तरण गर्ने भएछन भने आफू अध्यक्ष छोडेर पनि संघको लागि काम गर्ने बताउदै अहिलेकै अबस्थामा खिचातानी र राजनीति गरिरहने हो भने आफू आगामी अधिवेशनको अब्बल अध्यक्ष को दाबेदारी रहेको अध्यक्ष भट्टराईले बताए।