कोपा अमेरिका फुटबल: आत्मघाती गोल गर्दा उरुग्वेसँग बराबरीमा रोकियो चिली।

एजेन्सी:= कोपा अमेरिका अन्तर्गत समूह ‘ए’ को खेलमा उरुग्वे र चिली बराबरीमा रोकिएका छन्। ब्राजिलको कुइअबास्थित एरेना प्यान्टनलमा मंगलबार राती सम्पन्न खेलमा चिली र उरुग्वे १-१ को बराबरीमा रोकिएका हुन्।

खेलको २६ मिनेटमा चिलीले खेलमा अग्रता लिएको थियो। चिलीका लागि भार्गासले गोल गरेका थिए। ६६ मिनेटमा चिलीले आत्मघाती गोल गर्दा उरुग्वेलाई फाइदा पुग्यो। चिलीका भिदालले आफ्नै पोस्टमा गोल गर्न पुगेका थिए। बराबरी खेलेको चिलीले अपराजित छ।

चिलीले ३ खेलबाट ५ अंक जोडेको छ। पहिलो खेलमा अर्जेन्टिनासँग पराजित भएको उरुग्वेले समूहमा १ अंक जोड्न सफल भएको छ।  समूहको खेलमा अहिले अर्जेन्टिना र पाराग्वेबीच खेल भइरहेको छ। समूहमा अर्जेन्टिनाले २ खेलबाट ४ अंक जोड्दा पाराग्वेको १ खेलबाट ३ अंक छ।