काठमाडौं := गैरआवासीय नेपाली संघको एनआरएनए स्पोर्ट्स एकेडेमीले समस्यामा परेका खेलकर्मी तथा खेलाडीलाई खाद्य सामग्री सहयोग गरेको छ ।
प्रवासी नेपाली खेलाडी र खेलप्रेमीहरूको खेलकुद निकाय गैरआवासीय नेपाली संघ खेलकुद प्रतिष्ठानले नेपालमा फैलिरहेको कोरोना महामारीको दोस्रो लहर र महामारी नियन्त्रणका लागि गरिएको लकडाउनका कारण समस्यामा परेका काठमाडौं उपत्यकाभित्र बसोबास गर्ने विभिन्न खेल विधाका जुनियर, सिनियर र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडीलाई खाद्य साम्रगी सहयोग गरेको हो ।

एकेडेमीले प्रशिक्षण स्थल र खेलाडीहरूको घर–घरमा पुगेर खाद्यान्न सहयोग गरेको हो । यस्तो खालको सहयोगले समस्यामा परेका खेलाडीलाई केही हदसम्म भए पनि सहज हुने प्रतिष्ठानमा आबद्ध कराँते प्रशिक्षक रवि शाहीले बताउनुभयो ।




















