फोनमार्फत् दुई लाखसम्मको कर्जा।

काठमाडौं := मेगा बैंक नेपालले ग्राहककोे सुविधाका लागि स्मार्ट फोनबाटै तत्काल प्राप्त गर्न सकिने कर्जा सुविधा ल्याएको छ । मेगा बैंकले एफवान सफ्ट इन्टरनेसनल प्रालिसँगको सहकार्यमा यस्तो सुविधा ल्याएको जनाएको छ । जसअन्तर्गत मेगा बैंकमा मासिक तलब खाता भएका विभिन्न संघसंस्था तथा कम्पनीका कर्मचारीले ३० दिनसम्मका लागि अधिकतम् दुई लाख रुपैयाँसम्म लिनसक्ने मेगा बैंकका डिजिटल तथा ई–बैंकिङ प्रमुख विश्व सिंहले बताउनुभयो ।

बिनाझन्झट, बिनाधितो, बैंकमा उपस्थित नभई, बिनाकागजात तत्कालै फोनमार्फत् कर्जा पाइने भएकाले यस्तो सुविधाबाट ग्राहक लाभान्वित हुने सिंहको भनाइ छ । सिंहका अनुसार मेगा स्मार्ट बैंकिङ एपमार्फत् अनलाइन आवेदन दिएको केही मिनेटमै ग्राहकलाई ‘भर्चुअल क्रेडिट कार्ड’ मार्फत् खातामा कर्जा रकम जम्मा हुनेछ भने कर्जा लिन इच्छुक ग्राहकले बैंकको शाखामा धाउनुपर्ने छैन ।