एजेन्सी := ‘गन गर्ल’ अभिनेत्री लिजाबेन्स न्यूर्योक शहरको सडक दुर्घटना परी निधन भएको छ । दुर्घटनाबाट घाइते हुनुभएकी लिजाको अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
सडकमा स्कुटीले ठक्कर दिएपछि उहाँलाई गम्भीर अवस्थामा अस्पताल पु¥याइएको थियो । केही दिनको उपचारपछि निधन भएको हो । लिजाको निधन बारे सहकर्मीले भन्नुभएको छ, ‘लिजाको निधमा दुःखी छौं । उनी महान् भावना भएकी उदार दिलकी महिला थिइन् । उनी मञ्च होस् वा क्यामराको अगाडि सधैं काममा समर्पित रहन्थिन् ।’
रिपोर्टका अनुसार एक रातो र कालो रंगको स्कुटर चढेको व्यक्तिले ठक्कर दिएका थिए । पुलिस आउनु पहिले ती व्यक्ति दुर्घटना स्थलबाट फरार भए । दुर्घटनामा लिजालाई ठूलै चोट लागेको थियो । पुलिसले दुर्घटना घटाउने फरार व्यक्ति हालसम्म फेला नपरेको बताएको छ । लिजाले कयांै टिभी सिरियल र फिल्ममा अभिनय गर्नुभएको छ । जसमध्ये ‘गन गर्ल’, ‘टम क्रुज’ र ‘ककटेल’बाट फरक परिचय मिलेको थियो ।




















