म्यानमारमा सेना र स्थानीय गुरिल्लाबीच दोहोरो झडप : दुई जनाको मृत्यु, गाउँ जलेर ध्वस्त।

एजेन्सी := म्यानमारमा सेना र स्थानीय गुरिल्ला छापामारबीच  झडप हुँदा दुई जनाको ज्यान गएको  छ  भने एउटा गाउँ जलेर ध्वस्त भएको छ । म्यानमारको ग्रामीण क्षेत्र किनमा गाउँको  दुई सय ४० घरमध्ये २ सय घर ध्वस्त भएको बीबीसीले जनाएको छ ।

सैन्य शासन विरुद्ध रहेका स्थानीय गुरिल्लासँगको झडपका क्रममा सेनाले गोलाबारी गर्दा आगलागी भएको र आगलागीबाट गाउँ नै जलेको खबरमा उल्लेख गरिएको छ । गाउँ नै जल्न थालेपछि अरुले भागेर ज्यान जोगाए पनि भाग्न नसकेका दुई जना ज्येष्ठ नागरिकको भने ज्यान गएको छ ।

म्यानमारका लागि बेलायती राजदूत डान चुगले घटनाप्रति भर्त्सना गर्दै म्यानमारको सेनाको ज्यादतीको विरोध गर्नुभएको छ । म्यानमारमा सेनाले गएको फेब्रुअरीमा सत्ता आफ्नो हातमा लिएको छ । यसपछि भइरहेका विरोध प्रदर्शनमा सेनाले दमन गर्दै आएको छ ।